अन्नपूर्ण आरोहण दिवसमा विभिन्न कार्यक्रम

पोखरा, १४ जेठ /अन्नपूर्ण आरोह दिवसको अवसरमा पर्यटसंग सम्बन्धीत संघसंस्थाले विभिन्न कार्यक्रम गरि मनाउने र पर्यटकलाई स्वागत गर्ने तयारी गरेका छन् ।

आठ हजार मिटरभन्दा अग्लो १४ हिमालहरु मध्य सर्वप्रथम आरोहण भएकोे अन्नपूर्णको ६९ वर्ष पुगेको अवसरमा पोखरामा क्रियाशिल पर्यटनसंग सम्बन्धीत संघ संस्थाले विभिन्न कार्यक्रम गर्ने तयारी गरेका हुन् ।

जेठ १९, २० र २१ गते आरोहण दिवस तथा नेपाल–फ्रान्स दौत्य सम्बन्धको ७० वर्ष पुगेको अवसर पारेर तीन दिनसम्म कार्यक्रमहरु गर्ने भएका छन् । टान पश्चिमाञ्चल क्षेत्रिय संघ, पोखरा र नेपाल पर्वातारोह संघ, अन्नपुर्ण शाखा पोखराले संयुक्त रुपमा विभिन्न कार्यक्रम गर्ने तयारी गरेका हुन् ।

कार्यक्रम अन्र्तगत नेपाल पर्यटन बोर्डको प्रर्वद्धन एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनको सहकार्यमा ‘पर्यटनका लागि संगसंगै’ भन्ने अभिप्रायका साथ मादी गाउँपालिकाको याङ्जाकोटमा जेठको १९ गते अन्र्तरक्रिया, २० गते काठमाण्डौंबाट पोखरा आउने फ्रान्सेली नागरिकहरुलाई नाट्टा गण्डकीको सहकार्यमा निःशुल्क यात्राको व्यवस्था, पश्चिमाञ्जल होटल संघको सहयोगमा २० गते आउने फ्रान्सेली पर्यटकलाई निःशुल्क होटलको रुम पोखराका २१ गते रेवान पोखरा संगको सहकार्यमा फ्रान्सेली पर्यटकहरुलाई दिवा खाना लगायतका कार्यक्रम गरिने टान पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

अन्नपूर्ण प्रथमको पहिलो फ्रान्सेली नागरिक माउरिस हर्ज र लुइस लाचेनले २००७ जेठ २१ गते सफल आरोहण गरेका थिए ।

कमेन्टहरु
Loading...