Ganthan News Pokhara
All news from Pokhara & around

प्रदेश ४ को भौतिक संरचना मर्मत र विकासका लागि २८ करोड

1 306

पौष १०/प्रदेश ४ को सरकारका लागि भौतिक संरचना मर्मतसम्भारका लागि करिब २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रदेश ४ को प्रादेशिक सरकारका लागि प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री लगायतको कार्यालय पोखरामा हुनेछ । अहिलेसम्म देशभर नै प्रादेशिक सरकारका लागि भने कुनै नयाँ संरचना निर्माण गरिएको छैन । बनिसेका र बन्दै गरेका भवन र त्यसका आवास गृहलाई नै प्रदेश सरकारको कार्यालय र आवासको रुपमा प्रयोग गरिदैछ । सोही अनुरुप प्रदेश ४ का लागि २८ करोड रुपैयाँ खर्चको इस्टिमेट गरिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

फेवातालको छेऊको हिमागृहमा मुख्यमन्त्रीको आवासको लागि सिफारिस भए पनि पर्यटन व्याववसायी लगायत अन्य व्यक्तिहरुको विरोधपछि विकल्पको रुपमा क्षेत्रीय सिँचाइको क्वाटरमा सिफारिस गरिएको हो।

Advertisements
Loading...