युनाइटेड क्लवको अवलोकन भ्रमण सम्पन्न

पोखरा २९ चैत्र/युनाइटेड क्लवको अवलोकन भ्रमण सम्पन्न भएको छ । पोखराको अमरसिंह चौरमा पोखरा महोत्वसको आयोजना गरी विभिन्न सामाजिक काममा अग्रसर रहेको युनाइटेड क्लवले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत यसपालिको भ्रमण सम्पन्न गरेको हो ।आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित चारदिने भ्रमणमा क्लवले नेपालको ऐतिहासिक र धार्मिक महत्व बोकेको ठाउहरुको भ्रमण गरेको भ्रमणका संयोजक तथा क्लवका संस्थापक अध्यक्ष हिमाले बख्रेलले वताए ।

भ्रमणको क्रममा ऐतिहासिक महत्व बोकेको काठमाण्डौको नजिकै रहेको चन्द्रागिरी, धार्मिक महत्व बोकेको काभ्रेकोे नमोः बुद्ध, खोटाङको हलेसी महादेवको दर्शन संगै नेपालकै नमुना सडक खण्ड बिपी राजमार्ग हुदै सिन्धुली गढीको अवलोकन गरेको बख्रेलले वताए ।बख्रेलका अनुसार भ्रमणको क्रममा महोत्तरी जिल्लाको बर्दिवासमा रहेको मसहर बस्तीमा धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्मित एकीकृत नमुना बस्तीको भ्रमण टोलीले अवलोकन गरेका थिए ।

आन्तरिक पर्यटन प्रवद्र्धन संगै क्लवमा आवद्ध पदाधिकारी तथा सदस्यहरुलाई नेपालको एतिहासिक र धार्मिक महत्व बोकेको स्थलहरुको अवलोकनले महत्वपूर्ण भुमिका खेल्ने क्लवका अध्यक्ष सुक बहादुर गुरुङले वताए ।क्लवले स्थापना कालदेखिनै सामाजिक काम संगै आफ्ना सदस्यहरुलाई नेपालको बिभिन्न ठाउको अवलोकन भ्रमण गर्ने गरेको र सोही अनुरुप भ्रमण सफल बनेको सदस्य गुरुङको भनाइ रहेको थियो ।भ्रमणलाई सफल बनाउनका लागी गठित विभिन्न उपसमितीहरुलाई भ्रमण सफल भएको बन्दै सम्मान समेत गरिएको थियो ।

सो अवसरमा समुह ब्यवस्थापन संयोजक लोक बहादुर थापा, अर्थ संयोजक क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिना, मनोरन्जन संयोजक शान्त बहादुर थापा, स्वास्थ्य संयोजक सूर्य बहादुर बानिया, खाना, खाजा ब्यवस्थापन अनिल गुरुङ, खानेपानी ब्यवस्थापन कृष्ण बहादुर थापा, यातायात ब्यवस्थापनमा लिलाधर अधिकारी, होटल ब्यवस्थापनमा भुवन ढकाल विविध कार्यक्रम संयोजकमा दिनेश सुनार र संयोजक सहयोगीको रुपमा कार्यालयका सचीव नवीन श्रेष्ठ लाई सम्मान गरिएको थियो । क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल र क्लवका अध्यक्ष सुक बहादुर गुरुङले उपसमितीका संयोजकहरुलाई सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...