अन्नपूर्ण नर्थ वेस क्याम्पको प्रबद्र्धन गर्दै म्यादी (फोटो फिचर सहित )

म्याग्दी, १३ मंसिर/ सन् १९५० को जुन ३ तारिखका दिन आरोहणको इतिहासमा ८००० मिटर अग्लो हिमाल माथि पहिलोपटक मानव पाइला प¥यो । त्यो हिमाल थियो ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम । फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको समूहले सो हिमालको सफल आरोहण गरेसँगै उक्त हिमाललाई जेठो हिमाल भनेर पनि चिन्ने गरिएको छ ।

तर उनै हर्जोगले पदयात्रा गरी हिमाल चढ्न अघि बढेको म्याग्दीको उत्तरी अन्नपूर्ण आधार शिविर अहिले पनि उति चर्चामा आउन सकेको छैन । संसारको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण हुनु तीन बर्ष पहिला चढिएको सोही अन्नपूर्ण प्रथमको उत्तरी आधार शिविर र त्यहाँ पुग्ने पदमार्गको प्रबद्र्धनमा अहिले म्याग्दीको अन्नपूर्ण गाउँपालिका जुटेको छ ।

सो मार्ग प्रबद्र्धन र विकासका काम दशक अघिदेखि नै सुरु भए पनि औपचारिक रुपमा भने गाउँपालिकाले पहिलोपटक अहिले आएर थालनी गरेको हो । झण्डै ७० बर्ष अघि हर्जोगको चालेका पाइला पच्छ्याउँदै हालै गरिएको खोज तथा प्रबद्र्धनलाई ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सघाएका थिए भने नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको थियो ।

अन्नपूर्ण नर्थ वेस क्याम्प
अन्नपूर्ण नर्थ वेस क्याम्प

सो मार्ग प्रबद्र्धन र विकासका काम दशक अघिदेखि नै सुरु भए पनि औपचारिक रुपमा भने गाउँपालिकाले पहिलोपटक अहिले आएर थालनी गरेको हो । झण्डै ७० बर्ष अघि हर्जोगको चालेका पाइला पच्छ्याउँदै हालै गरिएको खोज तथा प्रबद्र्धनलाई ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सघाएका थिए भने नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको थियो ।

अन्नपूर्ण क्षेत्र अन्तर्गत समुन्द्र सतहबाट ४१९० मिटर उचाईमा अवस्थित उक्त आधार शिविरलाई अन्नपूर्ण नर्थ बेस क्याम्प भनेर पनि चिन्ने गरिएको छ । फ्रान्सेली नागरिक हर्जोगले म्याग्दीको अन्नपूर्ण नर्थ वेस क्याम्पबाट सो हिमालको आरोहण गरेपनि दक्षिणपट्टि रहेको कास्कीको अन्नपूर्ण वेस क्याम्प बढी चर्चित बन्न पुग्यो ।

अन्नपूर्ण नर्थ वेस क्याम्प

नर्थ वेसक्याम्पलाई पनि बढी भन्दा बढी पर्यटक पुग्ने स्थलका रुपमा विकास गर्न प्रबद्र्धन अभियान अगाडि बढाइएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष क्याप्टेन डम बहादुर गर्वुजा पुनले जानकारी दिए । पदयात्रा मार्गलाई थप फराकिलो बनाउने, मर्मत गर्ने, आबश्यक ठाउँमा पुलहरु हाल्ने र मार्गलाई समेटेर नक्सा तथा ब्रोसर बनाउने जस्ता कार्य अभियान अन्तर्गत समेटिएको अध्यक्ष पुनले जानकारी दिए ।

यसका लागि प्राविधिक सहितको १६ सदस्यीय टोली उक्त अन्नपूर्ण नर्थ वेसक्याम्प पुगेर हालै फर्किएको उनले सुनाए । ‘प्रचार नहुँदा अन्नपूर्ण नर्थ वेस क्याम्प ओझेलमा परेको छ, यसको प्रचार गरी बढी भन्दा बढी पर्यटक भित्र्याएर जनतालाई आर्थिक आर्जनको बाटो देखाउने हाम्रो शोच छ ।’, अध्यक्ष पुनले सुनाए ।

अन्नपूर्ण नर्थ वेस क्याम्प

उक्त वेस क्याम्प म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ मा अवस्थित छ । सोही वडामा रहेको नारच्याङबाट उत्तरी आधार शिविरको पदयात्रा सुरु हुन्छ । एक हप्ता लामो यो पदयात्रा पूर्णतया क्याम्पिङमा आधारित हो । नारच्याङ गाउँबाट लेकगाउँ, छोटेपा, हुमखोला हुँदै आधार शिविर पुग्न सकिन्छ । विद्युत आयोजनाले छोटेपासम्म सडक खनेका कारण त्यहींबाट समेत पदयात्रा सुरु हुन सक्छ ।

हर्जोगले पदयात्रा र अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ऐ्तिहासिक मार्ग भएका कारण यो मार्गको ठूलो महत्व रहेको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका पूर्व कार्यकारी सदस्य एवं इसेन्स ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि पोखराका संचालक रामचन्द्र अधिकारीले बताए । हर्जोगलाई जोडेर मार्गको प्रबद्र्धन गर्न सके फ्रान्सेली लगायत अन्य पर्यटक पनि आकर्षित गर्न सहज हुने उनको सुझाव छ ।

अन्नपूर्ण नर्थ वेस क्याम्प

अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नाच्र्याङका अध्यक्ष तेज गुरुङले मौरिस हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथम हिमाल कास्की जिल्लामा पर्ने दाबी गरिए पनि त्यो हिमाल खासमा म्याग्दी जिल्लामा पर्ने बताए । कतिपय पत्रकारले गलत प्रचार गरी सही सूचना नदिंदा वास्तविक अन्नपूर्ण आधार शिविर उत्तरपट्टि नभई दक्षिणपट्टी हो भन्ने भ्रम परेको र उत्तरी आधार शिविर ओझेलमा परेको गुरुङको भनाई छ ।

अन्नपूर्ण नर्थ वेस क्याम्पमा एउटा हिमताल पनि रहेको छ । यो ताल झण्डै एक किलोमिटर लामो र चार सय मिटर चौडा रहेको छ । यो याममा विहानको समयमा चिसोले तालको पानी जमेर वरफ बन्दा त्यसमाथि पैदलयात्रा समेत गर्न सकिन्छ । तालको धार्मिक महत्व समेत भएका कारण धार्मिक पर्यटक आकर्षित हुने संभावना पनि उत्तिकै रहेको इसेन्सका अधिकारीले सुनाए । अहिले यस आधार शिविसरमा आइपुग्ने मार्ग असहज हुँदा आरोहीहरु सिधै हेलिकोप्टरमा आएर अन्नपूर्ण प्रथम हिमाल चढ्ने गरेका छन् ।

अन्नपूर्ण नर्थ वेस क्याम्प

यो आधार शिविर पनि अन्नपूर्ण क्षेत्र अन्तर्गत नै पर्छ । पदयात्रा मार्ग र ताल क्षेत्रमा पूर्वधार विकास तथा प्रबद्र्धनका लागि केन्द्र सरकारका तर्फबाट थप तदरुकता देखाउन जरुरी भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङका अध्यक्ष चन्द्रप्रसाद फगामीले बताए । झण्डै दशक अघि सामान्य ट्रयाक खोलिएको यो मार्ग अन्तर्गत विभिन्न खालका गुफा, फुतफुते झरना, नाच्र्याङ झरना, हरियाली जंगल, विभिन्न जंगली जनावर र हिमाली दृष्य आकर्षणको रुपमा रहेको स्थानीय वृद्ध मनबहादुर पुर्जाले जानकारी दिए ।

कमेन्टहरु
Loading...