पोखरामा बाइसिएल छापामारी ग्यास वितरण

पोखरा, १३ वैशाख /वाइसिएल कास्कीले मालेपाटन मनकामना ग्यास सप्लायर्समा छापा मारेर ग्यास वितरण गरेको छ ।

पोखरामा बाइसिएल छापामारी ग्यास वितरण
पोखरामा बाइसिएल छापामारी ग्यास वितरण

मनकामना ग्यास सप्लायर्समा लुकाइ राखेका ५५ सिलिण्डर तारा ग्यास वितरण गरेको वाइसिएल कास्कीका सहसचिब सुवास पौडेलले जानकारी दिए । उनले सो डिलरबाट होटलहरुलाई ग्यास दिन तर स्थानीयलाई ग्यास नदिएको गुनासो आए पछि छापा मारेको बताए ।

उनले ५५ वटा सिलिण्डर स्थानीयलाई वितरण गरेको जानकारी दिए । उनले केहि दिन पहिले हेम्जामा पनि छापा मारेको बताए ।

कमेन्टहरु
Loading...