युवा संघले गर्ने सेभेन ए साइड फुटबलको तयारी तिव्र

विजेतालाई १ लाख ११ हजार १ सय ११

पोखरा ८ चैत । युवा संघ कास्कीको आयोजनामा दोस्रो युवा संघ कास्की कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत २५ देखि बैशाख १ गते सम्म लेखनाथको भण्डाढिकस्थित प्रस्तावित रंगशालामा संचालन हुने युुवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले जानकारी दिए । स्वस्थ युवा, स्वच्छ समाज भन्ने नारा सहित संचालन हुने प्रतियोगिताको तयारी तिव्र पारिएको प्रतियोगिता संयोजक नविन पुनले बताए ।

प्रतियोगितामा करिव ४० टिमले सहभागीता जनाउने अपेक्षा गरिएको बताइएको छ । प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त जित्ने छ । प्रतियोगिमा उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता खेलाडिलाई नगद ५ हजारर्, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक पुनले बताए । त्यस्तै अनुशासित टिमलाई मायाको चिनो र प्रमाणपत्रको ब्यवस्था गरिएको संघले जनाएको छ ।

प्रतियोगिताको माध्यमबाट अनुशासित र क्षमतावान खेलाडिहरु उत्पादन गर्नु मुख्य उद्देश्य रहेको संघ कास्कीका अध्यक्ष् नविन पुनले बताए । ‘युवाहरुलाई खेलकुदको माध्यमबाट अनुशासित बनाउदै दक्ष बनाउनु हाम्रो उद्देश्य हो ।’ उनका अनुसार खेलकुदको माध्यमबाट खेलाडिहरु वीच परिचय गराउनुका साथै क्षेत्रिय र राष्ट्रियस्तरमा पहिचान गराउनु रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख ३० हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । उक्त रकम विभिन्न संघसस्था र ब्यवसायीक फर्म र ब्यक्तिहरुबाट संकलन गरिने संयोजक पुनले जानकारी दिए ।

कमेन्टहरु
Loading...