पोखरामा विश्व वन्यजन्तु दिवसः चोरी सिकारी नियन्त्रणमा जोड

पोखरा, २१ फागुन / वनविज्ञान अध्यन संस्थान पोखराका विद्यार्थीहरुले पोखराको सहिदचोकबाट सचेतना ¥याली सुरु गरि लेकसाइडको हल्लनचोकमा पुगेर वन्यजन्तुको महत्व र संरक्षणका चुनाती समेटीएको सडक नाटक प्रस्तुत गरेका थिए ।

वनविज्ञान अध्यन संस्थानको सोसाईटी फर वाइल्ड लाईफ रिर्सच एण्ड कन्जरभेरसनको आयोजनामा कलेजका बिभिन्न ग्रिन ग्रुप लगाएतको सहकार्यमा विश्व वन्यजन्तु दिवस मनाईको वनविज्ञान अध्यन संस्थानको सोसाईटी फर वाइल्ड लाईफ रिर्सच एण्ड कन्जरभेरसनकी संयोजक एलिशा शर्माले जानकारी दिइन् ।

वन्यजन्तुको चोरी शिकारी बढेको र वासस्थान नासीदै गएकोले संरक्षणमा ध्यान दिनु पर्ने उनले बताइन् । ¥यालीमा सहभागी विद्यार्थीहरुले प्राणीको जीवन पारिस्थितिक प्रणालीमा निर्भर रहने भएकोले वन्यजन्तुको संरक्षण हुन नसक्दा मानव जिवन पनि अप्ठ्यारोमा पर्ने नारा लेखिएका प्लोकार्ड लिएका थिए ।

पछिल्लो समयमा वन विनास, वन्यजन्तुको चोरीशिकारी बढेको प्रति पनि विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् । चोरी सिकारी नियन्त्रण र वन्यजन्तु संरक्षणकालागि युवा सचेत हुनु पर्ने नेपाल पंछि संरक्षण संघ पोखरा शाखाका सहसंयोजक मिलन बरालले बताए । विश्व वन्यजन्तु दिवस प्रत्यके वर्षको मार्च ३ गते विश्वभर मनाइन्छ ।

यस वर्ष सस्टेनीङ अल लाई अन अर्थ भन्ने नाराका साथ विश्वभर वन्यजन्तु दिवस मनाईको हो । विश्व वन्यजन्तु दिवसकै अवसरमा पोखराको वन विज्ञान अध्ययन संस्थानमा संरक्षण चित्रकला प्रतियोगिता र बक्तीत्व कला प्रतियोगिता पनि भएको छ ।

कमेन्टहरु
Loading...