विश्वकपको फाइनल हेर्न झण्डै १ लाखको टिकट !

आगामी वर्ष ब्राजिलमा हुने विश्वकप फुटबलमा अन्तराष्ट्रिय दर्शकहरुका लागि टिकटको मूल्य घोषणा भएको छ । समूह चरणको खेलको टिकट मूल्य ९० डलर अर्थात हालको डलरको भाउ अनुसार ८ हजार ६ सय ४० रुपैयाँ पर्छ ।

football world cup 2014

फिफाका अनुसार १३ जुलाईमा हुने फाइनल भिडन्तको टिकट सबैभन्दा सस्तो ४ सय ४० डलर अर्थात ४२ हजार २ सय ४० र सबैभन्दा महंगो ९५ हजार ४० रुपैयाँ पर्छ । विश्वकप आगामी वर्ष जून १२ मा सुरु हुनेछ र पहिलो खेल साओ पाउलोमा हुनेछ । टिकट विक्रि यस वर्षको अगष्ट २० बाट सुरु हुनेछ । फुटबल प्रेमीहरुले १० अक्टोबरसम्म टिकटका लागि आवेदन दिन सक्नेछन्, त्यसपछि मतदानको माध्यमबाट कसलाई टिकट दिने भन्ने तय गरिनेछ । यसपछि पहिले आएको आधारमा टिकट विक्रि गरिनेछ । फुटबल प्रेमीहरुका लागि कूल ३० लाख टिकट उपलब्ध हुनेछ ।

ब्राजिलका नागरिकका लागि सबैभन्दा सस्तो टिकट १५ डलरको छ । तर, यो विद्यार्थी, ६० वर्षभन्दा बढी उमेरका मानिस र सरकारी सहायता पाएकाहरका लागि हो । अन्य ब्राजिलीयनहरुले भने न्यूनतम ३० डलर खर्च गर्नुपर्छ ।

फिफाको टिकट वेबसाइटमा स्टेडियमको नक्सा पनि राखिएको छ, जसमा अलग अलग मूल्य भएको टिकटको स्थान देखाइएको छ । दर्शकहरुले रहेक म्याचका लागि अधिकतम ४ टिकट र धेरैमा सात खेलको टिकट किन्न सक्नेछन् ।

टिकेट किनिसकेपछि खेल हेर्न जान नपाइने भयो भने फेरि बेच्न सकिने व्यवस्था छ । ब्राजिलका नागरिकहरुका लागि कम्तिमा ४ लाख टिकट छुट्याइएको छ । जसमा ५० हजार टिकट मैदान निर्माणमा काम गर्नेहरुका लागि हो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...