पोखराको वन्डरल्याड प्रिस्कुलका शिक्षक शिक्षिकालाई अटिजमको प्रशिक्षण

पोखरा, ९ असार /पोखराको वन्डरल्याड प्रिस्कुल र तनहुँको आस्था केन्द्र विद्याश्रमका शिक्षक शिक्षिकाका लागि बालबालिकामा हुने अटिजमका बारेमा प्रशिक्षण दिएको छ ।

आफ्ना बालबालिकामा अटिजम भए नभएको बारेमा धेरै अविभावकहरुलाई थाहा नहुने हुदाँ शिक्षक शिक्षिकाले जानकारी दिइ अविभावकलाई जानकारी गराउन सजिलो हुने होस् भन्दै प्रशिक्षण दिएको वन्डरल्याड प्रिस्कुलका सञ्चालक मुक्ति रेग्मीले जानकारी दिए ।

यो रोगको १८ महिना पछि पहिचान गर्न सकिन्छ । विश्वमा ५९ जनामा बालबालिका मध्ये १ जनामा अटिजमको समस्या देखीन्छ । ५ जना मा देखीदा ४ जना बालक र १ जना बालिकामा देखीने तथ्याङकमा उल्लेख छ ।

शिक्षक शिक्षिकालाई अटिजम सेन्टर पोखराकी सहप्रशिक्षक सर्मिला तिवारी र धना गुरुङले सहजी करण गरेकी छन् । अटिजम भएका बालबालिकाले आखाँमा आखाँ जुधाएर हेर्न नसक्ने, हात हल्लाई रहेने, घुमेको कुरालाई हेरी रहने, एकोहोरो दौडीरहने लगाएतका लक्ष्णहरु हुने तिवारीले बताइन् ।

उनले अटिजम रोग नभएको र यस्ता समस्या देखीमा चिकित्सकलाई देखाउनु पर्ने बताइन् । अटिजमलाई रोगको रुपमा नभएर शरीरको विशेष अवस्था रुपमा लिइन्छ । यसको उपचार नभएकाले बालबालिकाको व्यवहार परिवर्तन गर्ने र उनीहरुको क्षमता बुझेर प्रेरित गर्नु पर्ने विज्ञहरु बताउ छन् । प्रशिक्षणमा शिक्षक शिक्षिका गरेर १४ जनाको सहभागीता रहेको थियो ।

के हो लक्षण अटिजमका ?

– सिधा आँखा जुधाएर गफ गर्न नसक्ने
– एक्लै बस्न रुचाउने
– एउटै खेलौनासँग धेरैबेरसम्म खेलिरहने
– कुनै क्रियाकलाप गर्दा एकोहोरिने
– आफूलाई चोटपटक लागेको थाहा नपाउने
– पढाइलेखाइमा ध्यान केन्द्रित नहुने
– अरुलाई हानि पुर्या उने गतिविधि गर्ने
– बोलेर आफ्ना कुराहरु व्यक्त गर्न नसक्ने
– मनमा लागेको कुरा भन्न नसक्ने
– साथीभाइसँग दोहोरो सञ्चार गर्न नसक्ने

कमेन्टहरु
Loading...