पश्चिमाञ्चलमा ४५ हजार हेक्टर वनमा सखाप, दुईको मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, २० वैशाख /पछिल्लो समयमा पश्चिमाञ्चल क्षेत्रमा करिब ४५ हजार हेक्टर वनमा डढेलोले नोक्सान गरेको पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयको तथ्याङकमा उल्लेख छ ।

पश्चिमाञ्चलमा ४५ हजार हेक्टर वनमा सखाप, दुईको मृत्यु
पश्चिमाञ्चलमा ४५ हजार हेक्टर वनमा सखाप, दुईको मृत्यु

वैशाख यता ४४ हजार ३ सय ७१ हेक्टरमा क्षेत्रफलमा आगोलागि भएको निर्देशनालयका उपनिदेशक राजेन्द्रसिंह भण्डारीले जानकारी दिए । पश्चिमाञ्चलामा सबैभन्दा बढि रुपन्देहीमा १७ हजार २ सय २० हेक्टर जङलमा आगोलागिबाट वन सखाप भएको भण्डारीले जानकारी दिए । उनले अर्घाखाँचीमा ११ हजार ७ सय ५६ हेक्टर, गोरखामा १० हजार, पाल्पामा ४ हजार, म्याग्दीमा ५ सय ४५, गुल्मी ५ सय, पर्वतमा १ सय ५० र कास्की र तनहुँमा एक एक सय हेक्टर वन सखाप भएको उनले जानकारी दिए ।

आगो निभाउनक्रममा गुल्मी र अर्घाखाँचीमा एक एक जनाको मृत्यु भएको छ भने कास्कीमा एक जना घाइते भएका छन् । अन्य जिल्लमा पनि आगोले वनमा विनास गरेको भए पनि विवरण आइनसेको उनको भनाई छ । पश्चिमाञ्चलमा सामुदायिक वन, साझेदारी वन, र राष्ट्रिय वनमा आगोलागि भएको उनले उल्लेख गरे । उनले कति बराबरको क्षेती भएको भन्ने बारेमा मुल्याङकन भइरहेको बताए । आगोलागि पछि पनि पहिरो जाने सम्भावना हुने भएका कारण वर्षायाममा सचेत हुनुपर्ने उनको भनाई थियो ।

कमेन्टहरु
Loading...