भायनेट नयाँ शाखा पोखराको लेखनाथमा

पोखरा, १७ साउन /इन्टरनेट र टि.भी. सेवा प्रदान गर्दै आएको भायनेट कम्युनिकेसनले पोखरा महनगरपालिका वडा नम्बर २७ तालचोक लेखनाथमा शाखा विस्तार गरेको छ । बिहीबार शाखाको उद्घाटन गरि सेवा शुरु गरेको छ ।

शाखाको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले र कम्पनीकी निर्देशक सेवा पाठकले शाखाको उद्घाटन गरे । अध्यक्ष कृष्णहरि भण्डारीले दु्रत गतिको इन्टरनेट सेवा प्रदान गरी ग्राहकको विश्वास जित्न आग्रह गरे ।

नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १५ औं शाखा लेखनाथमा शाखा विस्थात गरेको बताउदै निर्देशक सेवा पाठकले यस देशभरका १४ शहरमा शाखा विस्तार गर्ने बताइन् । विगत १९ वर्षदेखि भायनेटले सेवा प्रदान गर्दै आएको छ ।

सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा सुचारु गरेको थियो । सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टि.भी. सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी एचडी च्यानल सहित २३० वटा च्यानल भएको नेटटिभीसँग साझेदारी गरी सेवा प्रदान गर्दै आएको भायनेट पोखराका प्रमुख कृष्णहरी भण्डारीले जानकारी दिए ।

उनले पोखरामा ८० जना कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३६५ दिन नै २४ सैं घण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बताए । भण्डारीले विभिन्न प्याकेजका साथ १ वर्षको ग्राहक बन्दा २ महिनको थप बोनस दिने बताए ।

कमेन्टहरु
Loading...