अमेरिकी हिपहप गायिका आईशा फुकुशिमाले पोखरा तताउने

पोखरा, १४ वैशाख /अमेरिकी हिपहप गायिका आईशा फुकुशिमाले पोखरा तताउने भएकी छन् । अमेरिकाको कला दुत कार्यक्रम अन्तरगत वैशाख १७ गते पोखराको बसुन्धरा पार्कमा कार्यक्रम हुन लागेको हो ।

अमेरिकी हिपहप गायिका आईशा फुकुशिमाले पोखरा तताउने
अमेरिकी हिपहप गायिका आईशा फुकुशिमाले पोखरा तताउने

कन्सर्टमा गायिका आईशा फुकुशिमा र उनको व्याण्डका साथै लोकप्रिय नेपाली ब्यान्ड रविन एन्ड द न्यु रिभोलुसन र मिलन एन्ड द व्याण्ड प्रस्तुति रहने आज पोखरा आयोजित पत्रकार सम्मेलनमा अमेरीकन दुतावासका सास्कृतीक कार्यक्रम मामिला अधिकारी विलियमले जानकारी दिएको छ ।

उनले गत असोजमा संविधान जारी भएपछि नेपालको इतिहासमा बलियो युवा सक्रियता विकास गर्नका लागि सही समय आएको बताए । उनले संयुक्त राज्य अमेरिकामा सामाजिक तथा राजनीतिक अभिव्यक्ति तथा परिवर्तनका लागि हिपहपको प्रयोग बारे धेरै ज्ञान दिने गरेको बताए ।

हिपहपले अमेरिकी राजनीतिक बहसमाथि उल्लेख्य प्रभाव पारेको बताउदै हिपहप संस्कृति तथा नेपालको युवा सक्रियताबीच सम्बन्ध स्थापित गर्नका लागि अमेरिकी दूतावासले कार्यक्रमको आयोजना गरेको बताए । उनले यस्तै कार्यक्रम वैशाख ११ गते काठमाडौँको भृकुटी मण्डपमा सम्पन्न भई सकेको बताए ।

कमेन्टहरु
Loading...