ट्रक नदीमा खस्यो, दुई बेपत्ता

पोखरा, ७ साउन /बीरगंजबाट घर निर्माण सामाग्री बोकेर चितवनको मुग्लिङ तर्फ आउँदै गरेको मालबहाक ट्रक त्रिशुली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका छन् ।

बीरंगजको सिमराबाट जगदम्बास्टिल कम्पनीबाट छड बोकेर आउँदै गरेको ग १ ख ५८९७ नम्बरको १२ चक्के आइचर ट्रक नारायढगढ—मुग्लिन सडक खण्ड अन्तर्गतको जलविरे नजिकै मंगबालर विहान खसेको थियो ।

सडक खण्डको आठकिलो भन्ने स्थानबाट ट्रक त्रिशुलीमा नदीमा खस्दा २५ वर्षिय चालक सिङ्ग राम गोले र सहचालक २९ वर्षिय रामबहादुर दोङ बेपत्ता भएको मुग्लिनस्थित प्रहरीले जनाएको छ ।

नदीमा वेपत्ता चुरियामाई—१ मकवानपुर घर भएका चालक र सहचालकको खोजीकार्य भईरहेको छ । वर्षायाममा आएको बाढी र पहिरोले नदीमा पानी सतह बढेकोले ट्रक तथा वेपत्ता चालक र सहचालकको खोजीकार्यमा कठिनाई भएको समेत प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...