कवि तीर्थलाई समितिको सम्मान

पोखरा, २३ जेठ/प्रवल जन सेवाश्री पदकबाट विभूषित हुन लागेका कवि तीर्थ श्रेष्ठलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सम्मान गरेको छ । सरकारले गणतन्त्र दिवसमा श्रेष्ठलाई पदकले विभूषित गर्ने घोषणा गरेको थियो ।

घोषणापछि शनिबार समितिले श्रेष्ठलाई बधाई तथा सम्मान कार्यक्रम राखेको हो । कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पोखराको विभिन्न क्षेत्रको विकासमा तीर्थले पु¥याएको योगदानको कदर गर्दै सरकारले पदक प्रदान गरी धन्यवादको पात्र बनेको बताए । तीर्थले आफूसँग भेट्दा सधैँ पोखराको हितमा कुरा गर्ने गरेको उनको भनाइ थियो ।

कवि तीर्थलाई समितिको सम्मान
कवि तीर्थलाई समितिको सम्मान

कवि सरस्वती प्रतीक्षाले श्रेष्ठ पोखराको एक ऊर्जाशील घोडा भएको बताइन् । ‘तीर्थ एक उर्जा हुन्,’प्रतीक्षाले भनिन्, ‘उनी रोकिँदा पोखराको ऊर्जा रोकिन्छ, एक सपना रोकिन्छ ।’ सांसद शारदा पौडेलले पोखरालाई पोखरा बनाउने योगदान दिनेमध्ये तीर्थ श्रेष्ठको नाम पनि अगाडि नै आउने बताइन् ।

कवि तेजनाथ घिमिरे, शिक्षाविद् जर्ज जोनले श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले उपप्रधानपञ्च हुँदादेखि अहिलेसम्म तीर्थले गरेको पोखराको साहित्य, शिक्षा, संस्कृति, पर्यटन लगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताए । कृष्णमोहन श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले सचिव भएर विन्ध्यवासिनीको विकास र संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । सम्मानित तीर्थ श्रेष्ठले ठूला मान्छेभन्दा असल मान्छेका कारण आफूलाई सकारात्मक बाटोमा हिँड्न सहयोग पु¥याएको बताए ।

कमेन्टहरु
Loading...