‘द म्यान फ्रम काठमाण्डौँ’ शुक्रबार देखी देशभर प्रर्दशन

पोखरा, १ चैत /‘द म्यान फ्रम काठमाण्डौँ’ फिल्म शुक्रबारदेखि देशभर प्रर्दशनमा आएको छ । अन्तराष्ट्रिय स्तरको नेपाली फिल्मको बजार बिस्तार गर्ने उद्देश्य राखेको चलचित्र देशभर एकैसाथ प्रदर्शनमा आएको हो भने विदेशमा पनि केही समय पछि प्रर्दशनमा आउने छ ।

फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेको छन् भने निर्माता नकिम उद्धिम रहेका छन् । फिल्ममा नेपाली संगै विदेशी कलाकारहरुलाई एकसाथ अभिनय गरेको निर्माता नकिम उद्धिनले बताए । ‘फिल्म नेपाली र अंग्रेजी दुबै भाषामा निर्माण गरिएको छ,’ उनले भने, ‘यस्तो फिल्मले अन्तर्राष्ट्रिय बजार पाउन सकिन्छ ।’

फिल्ममा कलाकार कर्म शाक्यले फिल्ममा नेगेटिभ क्यारेक्टरको अभिनय गरेका छन् ।‘‘हलिउड तथा बलिउड कलाकारहरु संगै काम गर्दा पाउँदा धेरै खुसी भएको उनले बताए । नेपाली चलचित्रमा फरक किसिमको कथा वस्तु देख्न सकिने कलाकार आना शर्माले जानकारी दिइन् । ५ करोड लागतमा निर्माण भएको फिल्मको सुटिङ अमेरिका र काठमाण्डौँमा गरिएको थियो ।

फिल्ममा अमेरिकाका कलाकार पाकिस्तानी कलाकार बलिउड कलाकार साथमा नीर शाह, कर्मा, आना शर्मा, अमिर गौतम, शिशिर वाङ्देल, कविता मानन्धर, मिथिला शर्मा लगाायतका कलाकारहरुले अभिनय गरेका छन् ।

कमेन्टहरु
Loading...