युकेद्धारा कल्याण शेरचन स्मृति प्रतिष्ठानलाई ९३ हजार सहयोग

पोखरा, २१ चैत/ठाँटी नेपाली समाज युकेले कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपाललाई ९३ हजार सहयोग गरेको छ ।

युकेद्धारा कल्याण शेरचन स्मृति प्रतिष्ठानलाई ९३ हजार सहयोग
युकेद्धारा कल्याण शेरचन स्मृति प्रतिष्ठानलाई ९३ हजार सहयोग

ठाँटी नेपाली समाज युकेका सचिव अर्जुन श्रेष्ठ र सन्तोष प्रधानको स्वागतमा कल्याण शेरचन स्मृति प्रतिष्ठानद्धारा आइतवार पोखरामा आयोजित स्वागत कार्यक्रममा सचिव श्रेष्ठले प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सचिव श्रेष्ठ र प्रधानलाई प्रतिष्ठानका संरक्षक नरबहादुर शेरचन र अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोले खादा लगाएर स्वागत सम्मान गर्नुभएको थियो ।कार्यक्रममा ठाँटी नेपाली समाजका सचिव अर्जुन श्रेष्ठले प्रतिष्ठानको स्वागतका लागि धन्यवाद व्यक्त गर्नुहुदै असल कार्य गरिरहेको प्रतिष्ठानसँग सहकार्य गर्न पाउदा आफुहरुलाई खुशी लागेको बताउनुभयो ।

स्रष्टा कल्याण शेरचनको सिर्जनाको संरक्षणले स्रष्टा अमर रहने बताउनुहुदै उहाँले ठाँटी नेपाली समाजको सम्बन्ध प्रतिष्ठानसँग थप प्रगाढ र निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कल्याण शेरचन प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोले ठाँटी नेपाली समाज युके र रामबजार सोसाईटी युकेसँग प्रतिष्ठानले सन् २०१५को जुन १६ तारेखमा भगिनी सम्बन्ध स्थापित गरे पश्चात सहयोग प्राप्त भइरहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

प्रतिष्ठानले स्रष्टा कल्याण शेरचनको साउन १२ गते जन्मोत्सव र माघ २४ गते स्मृति दिवस मनाउने वार्षिक कार्यक्रम रहेको जानकारी गराउनुहुदै ठाँटी नेपाली समाज युके र रामबजार सोसाईटी युकेले पनि युकेमा माघ २४ गते स्मृति दिवस मनाउन आग्रह गर्नुभयो । स्रष्टा शेरचनको सिर्जना र योगदानको बारेमा धेरैलाई जानकारी नभएकाले पनि उहाँको योगदानको जानकारी गराउन र सम्मानका लागि स्मृति दिवस मनाउन अध्यक्ष क्याप्टेन ह्योल्मोको आग्रह थियो ।

कमेन्टहरु
Loading...