तीजगीत प्रतियोगितामा दृष्टिविहिन प्रथम

पोखरा, १२ भदौ /पोखराको पहिलो सामुदायिक रेडियो हिमचुली एफएमले शनिवार पोखरामा तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । आठ टिमको सहभागिता प्रतियोगितामा अमरसिह उच्च माविका दृष्टिविहिन समुहले प्रथम स्थान हासिल गरेको छ ।

तीजगीत प्रतियोगितामा दृष्टिविहिन प्रथम
तीजगीत प्रतियोगितामा दृष्टिविहिन प्रथम

यसैगरी राधाकृष्ण आमा समुह द्धितिय,नमुनाशिल आमा समुह तृतिय र त्रिवेणी सांस्कृतिक समुह सान्त्वना श्रथान हासिल गरेका थिए । यसैगरी प्राज्ञिक विद्यार्थी परिषद नेपाल उत्कृष्ट नृत्र्य,मित्रता किशोरी समुह उत्कृष्ट भेषभुषा,प्रेमा रानाको समुह उत्कृष्ट स्वर र यूरिका सोसियल फाउण्डेशन अनुशासनमा विजयी भएका थिए ।

पुरस्कार वितरण गर्दै लोक दोहोरी गायिका शान्ति गुरुङले पुराना तीजगीतका भाका हराउदै गएकोमा चिन्ता व्यक्त गर्दै मौलिक संस्कृतिको जर्गेना गर्ने तर्फ लाग्नु पर्ने बताएकी थिईन । उनले अहिलेका तिजका गित परिवारसंग बसेर हेर्न नसकिने बताउदै यस्ता गितलाई एफएमले निरुत्साहित गर्नुपर्नेमा जोड दिएकी थिईन । कार्यक्रममा हिमचुली एफएमका स्टेशन म्यानेजर दिलिप राईले तिज गित मार्फत लोक संस्कृतिको जर्गेना गर्न एफएम सधै तयार रहेको बताए ।

कार्यक्रम हिमचुली एफएमका अध्यक्ष ई. लेखबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा युवराज भण्डारी र सुमील गुरुङले हास्यव्यङय प्रस्तुत गरेका थिए । कार्यक्रममा सुरज आचार्य,रुद्र प्रसाद लम्साल,प्रदिप तिवारी लगायतका कलाकारले सागितिक प्रस्तुति राखेका थिए ।

उक्त तीज गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सदस्य तारापति सुवेदी निर्णायक संयोजक रहेका थिए भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकर विरही गुरुङ,लोक दोहोरी गायिका सरला पाण्डे र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका सदस्य पदमराज घिमिरेले निर्णायकको भुमिका निर्वाह गरेका थिए । मानव अधिकार पत्रकार हुर्जाका अध्यक्ष राजेश पराजुलीले स्वागत गरेका थिए भने कार्यक्रम सयोजक शिव सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...