नेपाल कर सहयोगी संगठनको अध्यक्षमा पौडेल

पोखरा, ११ वैशाख/ नेपाल कर सहयोगी श्रमिक संगठन जिल्ला कार्य समिति पोखरा कास्कीको दोस्रो अधिवेशनले दुई बर्षे कार्यकालको लागी नारायण प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको छ । उपाध्यक्षमा धर्मदेव शाह, सचिवमा सुदिप अधिकारी, सहसचिवमा ज्ञानहरि आचार्य, कोषाध्यक्षमा तेजप्रसाद सापकोटा रहेका छन् । सदस्यहरुमा विवेक श्रेष्ठ, प्रदीप बराल, गीतामणि पाण्डे, लालबहादुर थापा, रुक्मागत पोखरेल, लोकनाथ अधिकारी, अच्युत श्रेष्ठ र प्रकाश पुन रहेका छन् ।

नेपाल कर सहयोगी श्रमिक संगठन जिल्ला कार्य समिति पोखरा कास्कीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै नेपाल कर सहयोगी श्रमिक संगठनका केन्द्रिय अध्यक्ष उद्यब कडरियाले राज्यले कर सहयोगी संगठनलाई केबल प्रमाणपत्र मात्रै दिएको तर राज्यले अन्य कुनै सहयोग नगरेको गुनासो गरेका थिए । राजस्व संकलनमा सहयोगीको भुमिका खेल्दै आएको कर सहयोगी संगठनलाई छुट्टै काम कर्तव्य र दायित्वलाई नीति तथा कार्यक्रम र ऐनमा नै उल्लेख गर्नुपर्ने माग राखे ।

नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद पौडेलले राज्यलाई कर संकलनमा पु¥याएको कदरको मुल्याङकन गरिनुपर्ने धारणा राखेका थिए । नेपाल कर सहयोगी श्रमिक संगठन कास्कीका अध्यक्ष शंकर ढुङगानाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तारानाथ दाहाल, केन्द्रीय सदस्य विजय कुमार यादव लगायतले मन्तव्य राखेका थिए । सोही अवसरमा संगठनका सहसचिव सुदीप अधिकारीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष तेजप्रसाद सापकोटाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । नयाँ कार्य समितिले सल्लाहकारहरु शंकर ढुङगाना र विजय कुमार यादवलाई मनोनयन समेत गरेको छ ।

कमेन्टहरु
Loading...