विरेडाटीमा ट्रेकिङ हिडेका ताईवाईनी नागरिकको मृत्यु

पोखरा, ७ पुष/दाङसिङ ८ तिखेढुंगा भन्ने स्थानमा पोखराबाट ट्रेकिङको लागि विरेठाटी हुदै अन्नपुर्ण संरक्षण क्षेत्रतर्फ जाने क्रममा एक पर्यटको मृत्यु भएको छ ।

हिडदा हिडदै अचानक रिंगाटा लागि ताइबाइनी ६१ वर्षिय नागरिक च्याङ हेलेन्ड हिइको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पासपोट नम्बर ३१४११५९४८ का उनी जादै गर्दा लडेर गम्भिर घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेजमा ल्याईएका उनको अस्पतालले मृत घोषणा गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...