तमुवान प्राप्ति नहुञ्जेल आन्दोलन

पोखरा, २४ बैशाख/२६ बुँदे मागसहित संयुक्त राष्ट्रिय जनआन्दोलनकम सम्बद्ध २८ दल तथा विभिन्न मोर्चाहरुको आन्दोलन अन्र्तगत विहीवार तमुवानको राजधानी पोखरामा बृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

तमुवान प्राप्ति नहुञ्जेल आन्दोलन
तमुवान प्राप्ति नहुञ्जेल आन्दोलन

कार्यक्रमका वक्ताहरुले तमुवान प्राप्ति नहुञ्जेल आन्दोलन गर्नुपर्ने जोड दिदै तत्काल संविधान पुर्नलेखन वा संशोधन गरी २६ बुँदे मागलाई सम्बोधन गर्न माग गरे । पहिचान र अधिकार सुनिश्चितता नभएको संविधान स्विकार नगर्ने उनीहरुको भनाई थियो ।

कार्यक्रमका तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले तमुवान सहितको पहिचान र अधिकार सुनिश्चितता भएको संविधान पुर्नलेखन नगरिए जबरजस्त जारी गरिएको जनैवादी संविधानको कुनै पनि हालतमा स्विकार नगर्ने बताउनुभयो । विगतमा बेग्ला बेग्लै मोर्चागत आन्दोलन गरिरहेको शक्तिहरु संघीय गठबन्धन निर्माण गरी २६ बुँदे मागसहित आन्दोलित छ, गठबन्धनको आन्दोलनलाई कमजोर ठान्नेहरु आफै समाप्त हुने चेतावनी दिनुभयो । प्रतिगामी संविधान, कालोबजारी, भ्रष्टचार, अनियमितताका विरुद्धमा आन्दोलनमा पहिचान पक्षधर, समानता, न्यायप्रेमी जनसमुदायको सहभागीताका लागि उहाँको आग्रह थियो ।

तमुवानका अगुवा गणेशमान गुरुङले संघीय गठबन्धन निर्माणका लागि तमुवानको महत्वपूर्ण भुमिका रहेको चर्चा गर्नुहुदै संविधान पुर्नलेखन गरी गठबन्धनको २६ बुँदे माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले तमुवान प्राप्ति नहुञ्जेल अधिकार प्राप्ती नहुने भएकोले तमुवानका पुर्व सैनिकले अधिकारका लागि सिहंदरबारमा परेड खेल्ने उद्घोष गर्नुभयो । उहाँले सरकार परिवर्तनको नाउँमा जोकरहरुले पालै पालो शासन गर्ने षडयन्त्र भईरहेको बताउनुभयो ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आदिवासी जनजातिका मुद्धा र अधिकारका लागि तमु धिं नेपाल जहिले पनि संघर्षरत रहेको बताउनुहुदै जारी संविधान अपुर्ण रहेकाले तमु, आदिवासी जनजाति, दलित, महिला, पिछडा वर्गको पुर्ण अधिकारका लागि आन्दोलनमा जुट्नुपर्ने बताउनुभयो । उहाँले अधिकार प्राप्तिका लागि काठमाडौं जाऔं अभियानमा सम्पुर्ण पहिचान, अधिकार पक्षधर जनताको सहभागिताका लागि आग्रह गर्नुभयो । अधिकारको लागि लडौं, बोलौं, नसके लड्ने बोल्नेहरुलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।

कमेन्टहरु
Loading...