रहेनन् पत्रकार सुर्यकुमार क्षेत्री

पोखरा, १७ बैशाख/नेपाल प्रेस युनियनका केन्द्रिय सचिव तथा पत्रकार सुर्यकुमार क्षेत्रीको बिहीबार निधन भएको छ ।

सुर्यकुमार क्षेत्री
सुर्यकुमार क्षेत्री

करीब पाँच महिनाअघि ब्रेन ट्युमरको शिकार बन्न पुगेका पत्रकार क्षेत्रीको अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौमा उपचारका क्रममा बिहीबार साँझ करीब नौ बजे निधन भएको हो । गत पौषमा भारतको नयाँ दिल्लीस्थित बिएलके अस्पतालमा ४५ दिनको थेरापी पश्चात स्वदेश फिर्ता भएका पत्रकार क्षेत्री बिहीबार बिहान अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका थिए ।

उनको निधनपश्चात अन्नपूर्ण अस्पतालमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, नेपाल पत्रकार महासंघका सल्लाहकार पोषण केसी उपाध्यक्ष अनिता बिन्दु लगायत विभिन्न पत्रकारहरु पुगेको केन्द्रिय सदस्य ऋषिकान्त पौडेलले जानकारी दिए । स्याङजा स्थायी घर भएका पत्रकार क्षेत्री सफल कलाकारतथा गितकार समेत हुन् ।

कुशल पत्रकारका साथै संगीतकर्र्मी क्षेत्रीले सयौं लोक तथा दोहोरी तथा आधुनिक गीतहरु रेकर्ड भएका छन् । जसमध्ये चर्चित गीतहरुमा डाली पलायो, उडी जाने जेट, धानको सिरौला , धोका दिनेलाई के भनु र खोइ, लगायत दर्जनौ गीत रहेका छन् ।

कमेन्टहरु
Loading...