स्वरेकमा उत्कृष्ट विद्यार्थी पुरस्कार र छात्रबृत्ति वितरण

पोखरा, ६ फागुन/स्याङजा जिल्लाको स्वरेकमा रहेको राष्ट्रिय टापु भञ्ज्याङ माविमा स्वर्गीय भेषकुमारी उत्कृष्ट पुरस्कार एवं छात्रबृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वरेकमा उत्कृष्ट विद्यार्थी पुरस्कार र छात्रबृत्ति वितरण
स्वरेकमा उत्कृष्ट विद्यार्थी पुरस्कार र छात्रबृत्ति वितरण

स्वर्गीय भेषकुमारी पाण्डेय (अमृता)को स्मृतिमा उहाँको परिवार द्वारा संचालित अक्षयकोषको ब्याज बाट बर्षेनी सोही विद्यालका चार जना विद्यार्थी लाई पुरस्कार वितरण गर्ने कार्य अनुरुप उत्कृष्ट विद्यार्थी तर्फ कक्षा ९का धनबहादुर क्षेत्री र कक्षा १की मेरीना पंगनेलीले पुरस्कार पाउनु भयो भने जेहेन्दार विद्यार्थी तर्फ कक्षा ९का सन्दिप कुवंर र कक्षा ३ का खगेन्द्र पाण्डेले छात्रबृति पाउनु भयो ।

प्रमुख अतिथि माउण्ट कैलाश रिसोर्ट पोखराका प्रबन्ध निर्देशक एवं आर्टअफ लिभिङ पोखरा संयोजक नरेश भट्टराई र भेषकुमारीका बाबा केशराम पाण्डेयले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भयो । यसै विच प्रमुख अतिथि नरेश भट्टराई र रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले विद्याल लाई २ वटा ह्वाइट बोर्ड सहयोग गर्नुभएको छ । प्रमुख अतिथि भट्टराईले विकासको लागि शिक्षा मुख्य पाटो भएको भन्दै बहिनीको स्मृतिमा पुरस्कार एवं छात्र बृत्ति वितरण गर्नु राम्रो कार्यभएको बताउनु भयो । उहाँले विद्यालयमा राजनीति हुन नहुने भन्दै सवै एक जुट भएर विद्यालय निर्माण र गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।

भेषकुमारी पाण्डे अमृताको परिवार द्वारा सञ्चालित अक्षयकोषमा माउण्ट कैलाश रिसोर्टका प्रबन्ध निर्देशक नरेश भट्टराई र अमेरीकामा रहनु भएकी विमला पाण्डेयले सहयोग गर्नुभएको छ ।१ लाख ५ हजारको अक्षयकोष बाट बर्षेनी ४ जना विद्यार्थी लाई पुरस्कार वितरण गर्ने ं स्वर्गीय अमृताका दाजु एवं पत्रकार घनश्याम पाण्डेयले बताउनु भयो । स्वर्गीय अमृताको २०६१ सलामा बुटवलको नयाँमिलमा बस दुर्घटनमा परि निधन भएको थियो । कार्यक्रममा विद्यालय निरिक्षक नविन थापाले अक्षयकोष घोषणा संगै बार्षिक रुपमा पुरस्कार वितणले विदयर्थीहरुमा पढाईमा प्रतिस्पर्धा हुने भन्दै थापाले विद्यालयको भौतीक निर्माणमा आफूले सक्दो पहल गर्ने बताउनु भयो ।

कमेन्टहरु
Loading...