सन्राइज बैंकको शाखा कावासोतीमा

नवलपुर, १८ असार /सन्राइज बैंकले नवलपुरको कावासोतीमा शाखा विस्तार गरेको छ ।

ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने उद्देश्यले सन्राइज बैंकले नवलपुर स्थित कावासोतीमा बुधबार बैंकको शाखा बिस्तार गरेको हो ।

शाखाको कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दानिया थारु र संचालक समिति सदस्य ई. शैलेन्द्र गुरागाईंले संयुत्त रुपमा उद्घाटन गरे ।

यो सगै बैंकको शाखा संख्या १ सय १२ वटा पुगेको छ । बैंकले नेपाल अधिराज्य भर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय २६ वटा ए.टि.एम मार्फत ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

बैंकले सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको जनाएको छ ।

कमेन्टहरु
Loading...