रुपा गाउँपालिकामा सन्राईज बैंकको वित्तीय सांक्षरता

पोखरा, २७ जेठ/सनराईज बैंक लिको आयोजना, रुपा गाउँपालिका र स्कूल अफ विजनेस, पोखरा विश्वविद्यालयको सहकार्यमा “समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता” अभियान कार्यक्रम रुपा गाउँपालिका सञ्चालन भएको छ ।

रुपा गाउँपालिका वडा नम्बर २ थुम्कीको करिब ३ सय घरहरुमा खोलौं बैंक खाता अभियान संचालन गरेको छ । कार्यक्रमलाई रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा एवं विशिष्ट अतिथि स्कूल अफ विजनेस, पोखरा विश्वविद्यायलका डाईरेक्टर डा. रबिन्द्र घिमिरेले कार्यक्रम उद्घाटन गरेका थिए ।

रुपा गाउँपालिकाका नवराज ओझाले ग्रामिण क्षेत्रलाई समेत बैंकिङ्ग सेवा सुविधा अवसरको रुपमा लिनुपर्ने बताए । घरमा निस्क्रिय रुपमा रहेको साना साना बचत रकमलाई समेत बैंकमा जम्मा गर्दा हुने बचतको बानि एवं आवश्यकता अनुसार साना, घरेलु एवं कृषि, पशुपालन व्यवसायहरुलाई व्यवसायिक संचालनमा गर्न सहयोगि हुने बताए ।

कार्यक्रममा डा. रबिन्द्र घिमिरेले, पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई समेत ग्रामिण क्षेत्रको आर्थिक अवस्था बारेमा व्यवहारिक ज्ञान उपलब्ध हुने अवसरको रुपमा नेपाल सरकारको अभियानमा सहभागी भएको बताए ।

कार्यक्रममा रुपा गाउँपालिका उपाध्यक्ष लाल सुभा गुरुङ्ग, कार्यालयका कार्यकारी अधिकृत विष्णु प्रसाद पोखरेल, वडा नम्बर. २ का कार्यवाहक अध्यक्ष हिता कूमारी रुपाखेती लगाएतले शुभकामना दिएका थिए ।

कार्यक्रममा सनराईज बैंक लि गण्डकी प्रदेशका प्रादेशिक प्रमुख रबिन्द्र केसीले बैंकले नेपाल सरकारले लिएको अभियानलाई सफल बनाउनको लागि ग्रामिण क्षेत्रमा निरन्तर रुपमा सेवा दिने बताए ।

उनलें सबै नेपालीको बैंक खाताको अभियानलाई सबै सहयोग अवाश्यक रहेको बताए । कार्यक्रम बैंकका देउराली शाखाका शाखा प्रमुख सुनिल ध्वज पन्तले सञ्चालन गरेका थिए भने पोखरा न्यूरोड शाखाका शाखा प्रमुख नितेश रेग्मीले स्वागत मन्तव्य दिएका थिए ।

कमेन्टहरु
Loading...