स्क्वासमा गण्डकीलाई पहिलो स्वर्ण, टिम इभेन्ट र महिला टोली फाइनलमा प्रबेश

पोखरा, १ बैशाख /गण्डकी प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वासमा पहिलो स्वर्ण पदक जितेको छ । पुरुष इभेण्टा स्क्वासमा अमृत थापाले स्वर्ण जित्दा प्रदेश ३ का प्रविन बी. कन्साकारले रजत पदकमा चित्त बुझाए ।

प्रतिस्पर्धात्मक सेटमा थापाले चार सेट खेल्दै जित सुनिश्चित बनाई स्वर्ण लेखाई छाडे । थापाले जित निकाल्न ११–५, ३–११, ११–७, ११–४ अंकले पराजित गर्दै गण्डकी प्रदेशलाई स्वर्ण लेखाएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।

त्यसै गरी टिम इभेन्टमा गण्डकी प्रदेश फाइनल प्रबेश गरेको छ । गण्डकीले प्रदेश १ लाई ३– ० ले हराउदै फाइनल प्रबेश गरेको छ । त्यसै गरी प्रदेश ३ ले शसस्त्र प्रहरीलाई ३– ० कै सेटमा हराउदै फाइन प्रबेश गरेको छ ।

गण्डकी प्रदेशबाट अमृत थापा, काशिराम भण्डारी र सन्तोष घिमिरे रहेका छन् । त्यसै गरी गण्डकी प्रदेशकी भावनी थापा महिला सिङलमा फाइनल प्रबेश गरेकी छन् ।

आइतबार सम्म गण्डकी प्रदेशले १० वटा पदक जितेको छ । एक स्वर्ण, दुई रजत र ७ कास्य पदक रहेका छन् ।

Province 1 1 1 9 11
Province 2 6 3 2 11
Province 3 2 5 11 18
Gandaki Province 1 2 7 10
Province 5 4 3 8 15
Karnali Province 0 0 2 2
Farwest Province 6 5 6 17
Nepal Army 10 13 11 34
Nepal Police 11 7 9 27
APF 6 8 15 29
NRN 0 0 2 2
Total 47 47 82 176
कमेन्टहरु
Loading...