कास्की मोडनाइज एकेडेमी लगातार तेस्रोपटक एन–प्याब्सन स्पोर्टस् मिट च्याम्पियन

पोखरा,२३ मङ्सिर/ कास्की मोडनाइज एकेडेमी पोखरामा सञ्चालित एन–प्याब्सन स्पोर्टस् मिटको लगातार तेस्रोपटक च्याम्पियन बन्न सफल भएको छ। नेशनल प्याब्सन कास्कीको आयोजनामा सञ्चालित नवौं एन–प्याब्सन स्पोर्टस् मिटसहित लगातार तीपटक च्याम्पियन बनेपछि पहिलोपटक रनिङशिल्ड सधैँको लागि आÇनो बनाउन सफल भएको छ।एन–प्याब्सन कास्कीको यो नवौं संसकरण भए पनि तीनवर्षदेखि रनिङशिल्डको सुरुवात गरेको थियो ।

कास्की मोडनाइज एकेडेमीले एथलेटिक्समा ९१ अड्ढसहित समग्रमा २१ अड्ढ प्राप्त गर्दै च्याम्पियन बनेको हो।कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक विष्णुबहादुर द्वारे र एन–प्याब्सन कास्कीका अध्यक्ष रामप्रसाद शर्माले विद्यालयका संस्थापक एवं प्रिन्सिपल रामबहादुर मोची र खेलकुद शिक्षक चुननारायण श्रेष्ठलाई रनिङशिल्ड हस्तान्तरण गरेका थिए ।

छात्र भलिबलतर्फको फाइनल खेलमा भने सिद्धार्थ लवडेल स्कुल प्रथम, कान्तिपुर एकेडेमी द्वितीय र राइजिङस्टार एकेडेमी तृतीय भए। यस्तै छात्रातर्फ चिल्ड्रेन्स एकेडेमी प्रथम, न्यू ग्यालेक्सी उमावि द्वितीय र कास्की मोडनाइज एकेडेमी तृतीय भए । आज भएको रिले सिनियर छात्रातर्फ कास्की मोडनाइज एकेडेमी प्रथम, कान्तिपुर एकेडेमी द्वितीय र हेमजा बोर्डिङ स्कुल तृतीय भए। सिनियर छात्रतर्फ कास्की मोडनाइज एकेडेमी प्रथम, एलपी देवकोटा मेमोरियल स्कुल द्वितीय र ओम एकेडेमी तृतीय भए । रिले जुनियर छात्रातर्फहेमजा बोर्डिङ स्कुल प्रथम, युनिभर्स बोर्डिङ स्कुल द्वितीय र एलपी देवकोटा तृतीय भए। छात्रतर्फ कास्की मोडनाइज एकेडेमी प्रथम, ओम एकेडेमी द्वितीय र एलपी देवकोटा तृतीय भए ।

प्रतियागितामा विजेता खेलाडी तथा विद्यालयलाई प्रमुख अतिथि क्षेत्रीय शिक्षा निर्देशक विष्णुबहादुर द्वारे, पूर्व निर्देशक योगेन्द्र बस्नेत, जिल्ला शिक्षा कार्यालयका उपसचिव दामोदर सुवेदी, एन–प्याब्सनका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, सचिव कमल रानाभाट, सदस्य याम खड्का, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति क्षेत्रीय प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, एन–प्याब्सन कास्कीका सल्लाहकार रामबहादुर थापा, खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष प्रेमनारायण न्यौपाने, भलिबल संयोजक सन्तोष गुरुङ, टेबलटेनिस संयोजक यूवक लामिछाने, सहसंयोजक राजु कायस्थ, दुर्गा सुवेदी, एन–प्याब्सन कास्कीका अध्यक्ष रामप्रसाद शर्मा, उपाध्यक्ष रामबहादुर मोची, कोषाध्यक्ष हेमन्त अधिकारी, सदस्य हिमाल गुरुङ, सदस्य गणेश भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

एन–प्याब्सन कास्कीका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सचिव केशवशरण पौडेलले गरेका थिए।मङ्सिर २० गतेदेखि सञ्चालित प्रतियोगितामा ४० विद्यालयको सहभागिता रहेको थियो।

कमेन्टहरु
Loading...