गोर्खा ब्रुअरीको पेय पदार्थ सोमर्सबी एप्पल साइडर पोखरामा सार्वजानिक

पोखरा, २२ जेठ /काठमाडौंमा सफल थालनी पछि गोर्खा बु्रअरी प्रा.लि. ले सोमर्सबी एप्पल साइडर पोखराको सार्वजनिक गरेको छ । सोमर्सबी एप्पल साइडर स्याउको ताजा जुसबाट बनाइएको पेय पदार्थ हो । यसमा ४.५% अल्कोहलको मात्रा छ । गुलियो र स्वादिलो हुनु यसको विशेषता हो ।

यो पूर्णतया प्रात्रृmतिक तत्वले बनेको र यसमा कुनै त्रृmतिम स्वाद र रंङ नमिसाइएको कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर अरुण अधिकारीले बताए । काठमाडौंका विशिष्ट विक्रि केन्द्रहरुबाट विक्रि वितरण पछि अब पोखराका पनि विशिष्ट विक्रि केन्द्रहरुबाट विक्रि वितरण बताउदै निकट भविष्यमा नेपालका विभिन्न शहरहरुमा पु¥याइने लक्ष्य रहेको बताए ।

उनले “साइडर नेपाली बजारको लागि नौलो प्रस्तुती हो । नेपाली उपभोक्तामा विकसित हुदै गएको नयाँ स्वादका लागि यो पेय नयाँ परिवर्तनको संबाहक हुनेछ ।” सोमर्सबी एप्पल साइडर महिला तथा पुरुष दुवैको लागि उपयुक्त पेय पदार्थ भएको बताए । सोमर्सबी एप्पल साइडर गर्मीको दिनमा, दिउँसो खाना सँग वा कुनै पनि समयमा पिउन उपयुक्त छ अधिकारीले बताए ।

गोर्खा ब्रुअरीको पेय पदार्थ सोमर्सबी एप्पल साइडर पोखरामा सार्वजानिक
गोर्खा ब्रुअरीको पेय पदार्थ सोमर्सबी एप्पल साइडर पोखरामा सार्वजानिक

गोर्खा ब्रुअरीका मार्केटिङ्ग प्रमुख बैभव शर्माले काल्सवर्गले एप्पल साइडर सन् २००८ मा डेनमार्क र नर्वेमा उत्पादन तथा वितरण प्रारम्भ गरेको र यसले निरन्तर सफलता पाउँदै आएको बताउँदै अहिले विश्वका ५० भन्दा बढी मुलुकहरुमा सोमर्सबी एप्पल साइडर उपभोक्ता समक्ष पुगेको र सबैले रुचाएको बताए । एसियामा सोमर्सबी एप्पल साइडर संगापुर, हङकङ्ग, मलेसिया, थाइल्याण्ड र चीन पछि छैठौं राष्ट्रको रुपमा नेपालमा उपलब्ध भएको हो ।

अहिले डेनमार्कमा यसले सबैभन्दा बढी बजार अंश लिएको छ भने नर्वेमा दोश्रो स्थानमा रहेको छ । सोमर्सबी एप्पल साइडर विश्वमा विभिन्न स्वादमा उपलब्ध छ तर पनि Apple, Pear / Blackberry  सबैभन्दा बढी लोकप्रिय छ । यसले आफ्नो उत्कृष्टताका कारण विश्वभर प्रतिष्ठा कमाएको बताए ।

नेपालमा पनि सोमर्सबी एप्पल साइडर उपभोक्ता माझ लोकप्रिय बन्ने विश्वास लिइएको छ । हाल सोमर्सबी एप्पल साइडर २५० मिलीग्राम प्रति बोतल मूल्य एक सय रुपैया कायम गरिएको छ ।

कमेन्टहरु
Loading...