कस्सले ग¥यो स्मृतिको हत्या, हत्या आरोपमा तिन जना पक्राउ

पोखरा, २७ जेठ /पोखराको जनप्रिय बहुमुखी क्याम्पस नजिकै मंगलबार अर्धनग्न फेला परेकी स्मृति गुरुङको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनी सँग हेलमेलको आधारमा तिन जनालाई पक्राउ गरेको हो । तीनजनालाई अनुसन्धान जारी राखेको कास्कीका प्रहरी प्रवक्ता गणेश बमले बताए ।

स्मृतिको मंगलबार बिहान उद्धार गरेर प्रहरीले पश्चिमाञ्चल अस्पताल हुदै मनिापाल शिक्षण अस्पताल पुर्‍याएको थियो । उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको बमको भनाई छ । मंगलबार बिहान स्थानीयले बेहोसी अवस्थामा अर्धनग्न देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्मृतिको टाउकोमा गम्भीर चोट लागेकी थियो ।

‘चोटकै कारण मृत्यु भएको देखिएको छ,’ बमले भने । सोमबार रातिसम्म स्मृति नागढुंगास्थित डेराकै वरपर देखिएको स्थानीयले बताएका छन् । उक्त रात अबरेरसम्म उनी साथीहरुसँग भएको अनुसन्धानका क्रममा खुलेको उनले जानकरी दिए ।

गोर्खा सिर्दिबास वङसिङ घर भएकी आमा चाँदनीले स्मृति र दुई छोरालाई पोखरा–८ नागढुंगामा डेरा लिएर लालनपालन गर्दै आएकी थिइन् । चाँदनीले ज्याला मजदुरी गरेर छोराछोरीको पालन पोषण गर्दै आएकी थिइन् ।

कमेन्टहरु
Loading...