एस एल सी प्रिन्सेजका सहभागीले देखाए

सिजन मिडियाको आयोजनामा हुन लागेको ‘मिस एसएलसी प्रिन्सेज’को तेस्रो संस्करणका प्रतियोगिहरुले आफ्नो प्रतिभा देखाएका छन्। राजधानीको नाचघरमा बुधबार भएको कार्यक्रममा आँचल दवाडी, आयुषा वस्नेत, सोफिया श्रेष्ठ, डिम्पल भट्टराई, दिप्ती खनाल, उत्कर्षा गौतम, रन्जु लिम्वु, संवृद्धी धिताल, सलोनी भट्टराई, संगिता कार्की, अफिसा श्रेष्ठ, विजयाश्री शाह, रन्जु पोखरेलले नेपाली गितमा नृत्य मार्फत प्रतिभा प्रश्तुत गरेका थिए।

यस्तै तेन्जीङ छोएकी खुस्वु लामा, अनिसा खड्का, सृष्टिसुमन ओझा, सितुसित वस्नेतहरुले नेवारी अंग्रेजी तथा नेपाली गित गाएका थिए। यसैगरी रिज्मा जोशी, श्रीया कार्की, सपना गिरी, संगीता बाँस्कोटा, सुमी कुवर, प्रियङ्का मल्ल आदिले आफ्नो नृत्य प्रस्तुत गरेका थिए। यस्तै गृष्मा पौड्याल, प्राचि अर्याल, साल्वु न्यौपानेले कविता प्रश्तुत गरेका थिए।  विष्णु चेम्जोङ र नुवीसा उप्रतीले भने पेन्टीङ गरेका थिए। नारी सशक्तिकरणको बारेमा अभिनी दिक्षीतले आफ्नो धारणा राखेकी थिइन्। आकृती सीजापती र रुचीका वस्नेतले पनि विभीन्न विषयमा आफ्नो विचार राखेका थिए।
एसएलसी परीक्षा दिएर वसेका छात्राहरुका लागि यो प्रतियोगिता गरिएको आयोजकले बताएको छ। प्रतियोगितामा सहभागी छात्राहरुको प्रतिभा उजागर, व्यक्तित्व विकास एवँ उनीहरुको उच्च शिक्षाको अध्ययनमा सहयोग पुर्‍याउनु यो प्रतियोगिताको मुल उदेश्य रहेको प्रातियोगिताका संयोजक प्रदिपराज वन्तले बताए। करिब ८० जना भन्दा वढिको आवेदनवाट हामीले ४६ प्रतियोगीको छनौट गरिएको थियो।
कार्यक्रमको निर्णायकमा एजे डव्लु, एलेभल कलेजका कार्यकारी अध्यक्ष नविनमान श्रेष्ठ, अकेशा विष्ट, गायक डाइरेक्टर वादल प्रसाई ,म्यूजीक भिडीयो , डान्स डाइरेक्टर प्रशान्त तामाङ, शिक्षक जसुवा राई, धर्मेन्द्र पिथाकोटी रहेका थिए। करिब डेढ महिनाको प्रशिक्षण अविधिमा प्रतियोगिले विभिन्न प्रशिक्षण लिएको वन्तले बताए। cp. setopati.com
प्रतियोगिताको कोरियोग्राफी रोजीन शाक्यले गरेका छन्।
प्रतियोगिताका विजेताले एसएलसी प्रिन्सेजको ताज र उपाधि सहित ल्यापटप, रकलेजहरुमा प्लस टु शिक्षामा फुल स्कलरसीपका साथै अन्य पुरस्कारहरु पनि पाउनेछन्। फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः आइप्याड ट्याव र प्सटुमा २ वर्षको फुल स्कलरसीप र अन्य पुरस्कारहरु पाउँने छन्। यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिने वन्तले बताए।
आगामी असार १मा राजधानीको नाचघरमा अन्तिम प्रतियोगिता हुनेछ।
कमेन्टहरु
Loading...