परिक्षा दिन सिंगापुरका विद्यार्थी पोखरामा

पोखरा, ३ चैत /पोखराको पुम्दीमा सामुदायिक भवन निमार्णका लागि सिंगापुरका विद्यार्थीहरु काम गर्दै छन् । उनीहरु प्रायोगातमक परिक्षाका लागि नेपाल आएर डाँडा खन्ने र सम्याउने काममा जुटेका हुन् ।  सिंगापुरको युनाइटेड वल्र्ड कलेज साउथ इस्ट एसियाका दश जना विद्यार्थी सामाजिक कार्य अन्तर्गतको प्रायोगात्मक कक्षा पुम्दीको अमलाचौरमा दैनिक भित्तो खन्ने, माटो ओसारर्ने र ढुंगा बोक्ने काममा व्यस्त रहेका छन् ।

कक्षा ११ का विद्यार्थीलाई कलेजले एसियाको जुनसुकै देशको गाउँमा गएर सामाजिक काममा लाग्न सुझाएको थियो। विद्यार्थीले नेपालको पोखरा रोजेका हुन्। कलेजका अन्या, क्लोईसहित शुभ नन्दा, चाडविक वाङ, देविका सिंह, जोय विल्सन, ताल बेनामी, लिया जेसन, सोनिया बर्मा, विक्रम मणिकान्टन, जोय विल्सन गत चार दिनदेखि काममा जुटेका हुन्।
इजराइल, फ्रान्स, बेलायत, भारत लगायत विभिन्न देशबाट सिंगापुरमा अध्ययन गरिरहेका बिद्यार्थी नेपालमा आएका हुन्।

फ्रान्सकी क्लोई नेपालमै पहिलो पटक आएर प्राक्टीकल कक्षामा सहभागी हुन पाउँदा निकै खुशी लागेको बताइन्। प्रायोगात्मक कक्षाको साथै यहाँको प्राकृतिक सांस्कृतक विविधताको समेत अध्यय गर्ने अवसर पाएकोमा इजराइलका ताल बेनामी निकै खुशी छन्। यहाँका स्थानीयको सहयोगी भावना, जती बेला पनि देखिने हसीलो अनुहारले आफु निकै प्रभावित भएको सुनाए।

यहाँको जागृति टोल विकास संस्थाका लागि हुने र गाउँमा भइपरी आउँदा सामुहिक भेला बैठक गर्ने गरी सामुदायिक भवन निर्माणको पूर्वशिक्षक मातृका बरालको पहलमा यो अभियान सुरु भएको हो। पोखरा दर्शनीयस्थल आधारभूत विद्यालयका पूर्वप्रअ बरालसँग कलेजको नाताले उनीहरु पुम्दी आइपुगेका हुन्। संसार कस्तो छ भन्ने बुझन यो प्राक्टिकल कक्षा महत्वपूर्ण रहेको आन्याले बताइन्।

विद्यार्थी अंग्रेजी, गणित, विज्ञान, नाटक, अन्तर्राष्ट्रि राजनीतिलगायत विषय अध्ययन गर्दछन्। समुदायमै पुगेर काम गर्नुपर्ने र त्यसअनुसार नम्बर पाइने भएकोले नेपाल रोजेर प्राक्टिकल कक्षामा सहभागी भएको सोनिया बर्माले सुनाइन्।

कमेन्टहरु
Loading...