मिस नेपाल श्रृंखला खतिवडा मिस वल्र्डको टप फोरमा (भिडियो सहित)

काठमाडौं, ५ मंसिर / मिस नेपाल श्रृंखला खतिवडा चीनमा हुन लागेको मिस वल्र्ड २०१८ को टप प्रबल दाबेदारको सुचिमा फाइभमा परेकी छिन् ।

एउटा युट्युव च्यानलले तयार पारेको मिस वल्र्ड २०१८ का प्रबल दाबेदार सुन्दरीहरुको सूचीमा नेपालकी श्रृंखला खतिवडा चौथो नम्बरमा छन् ।
मिस नेपाल श्रृंखला खतिवडा यस सिजनको सबैभन्दा प्रबल दाबेदार प्रतियोगीका रुपमा रहेको च्यानलले दाबी गरेको छ ।

श्रृंखलाको अनुपम सौन्दर्य, उनको सामाजिक व्यवहार र विद्धताले उनलाई बलियो प्रतिस्पर्धी बनाएको च्यानलले उल्लेख गरेको छ । ब्यूटी वीथ पर्पोजमा श्रृंखला खतिवडाले देखाएको पर्फर्मेन्स सबैभन्दा उत्कृष्ट रहेको च्यानलको दावी छ ।

श्रृंखलाले ब्यूटी वीथ पर्पोजमा मकवानपुरको विकट क्षेत्रका चेपाङ वस्तीमा आफ्नो पहलमा स्वास्थ्य केन्द्र स्थापना गरेकी थिइन् ।

 

 

कमेन्टहरु
Loading...