श्रीयम मसला पोखराको बजार

पोखरा, ६ चैत/माँ अन्नपूर्र्णा इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको श्रीयम ब्रान्डको मसला बिक्री केन्द्र पोखरामा पनि विस्तार गरेको छ । ६ करोड लगानीमा काठमाडौमा संचालित उक्त प्रालिले यसअघि नारायणगढमा उक्त विक्री केन्द्र विस्तार गरेको थियो ।

श्रीयम मसला पोखराको बजार
श्रीयम मसला पोखराको बजार

पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रालि अध्यक्ष अमित जटियाले श्रीयम मसला कास्कीमा पनि उपभोक्ताको पहिलो रोजाई हुने बताए । उनले भने, खाना पकाउने क्रममा नूनबाहेक अरु सामग्री मिसाउन नपर्ने स्वदेशी उत्पादन श्रीयम मसला हरेक नेपालीको रोजाई बनेको छ । यहाँका उपभोक्तालाई पनि ध्यानमा राखी पोखरामा बिक्री केन्द्र संचालनमा ल्याइएको हो ।

श्रीयम मसला हिमाली स्वादमा नेपालमै उत्पादन भएको हो । श्रीयम ब्रान्डमा २६ प्रकारका मसला उत्पादन हुँदै आएको जटियाले बताए । भान्सामा चाहिने तरकारी, मटन, चिकन, माछादेखि पानीपुरी, मममा पनि यो मसाल प्रयोग हुँदैआएको छ ।

यो मसलामा अलैंची, अदुवा, बेसार, सुकमेल, जाइफल, ल्वाङ, दालचिनी, मरिच जस्ता थुप्रै प्राकृतिक खाद्यबस्तु प्रयोग गरिएको हुँदा खाना पकाउने क्रममा नूनबाहेक अरु कुनै पनि प्रकारका मसलेदार सामग्री आवश्यक नपर्ने प्रालिको दावी छ । प्रालिले आगामी दिनमा धनगढीसम्म बिक्री केन्द्र विस्तार गर्ने जनाएको छ ।

कमेन्टहरु
Loading...