चितवन र ललितपुरका सम्पूर्ण शिक्षण संस्था बन्द

नेकपा-माओवादी निकट अखिल नेपाल शिक्षक सङ्गठन र अखिल ९क्रान्तिकारी० ले भारतीय सम्बन्धनमा सञ्चालित केही शिक्षालयमा नेपालको राष्ट्रियतामा आघात पुग्ने पाठ्यक्रम लागू गरेको भन्दै आज ललितपुरका सबै शिक्षण संस्थाहरू बन्द गराएको छ । त्यसै गरि अनेरास्ववियु, अखिल क्रान्तिकारी र अखिल छैठौंले गरेको बन्दका कारण चितवनका शैक्षिक संस्था बन्द भएका छन् । आफूहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विद्यार्थी संगठनले शैक्षिक संस्था बन्द गराएका हुन ।

ललितपुरमा भने डिएभी सुशील केडिया विश्व भारती उच्च माविमा भारतीय पाठ्यक्रम पढाएको र तीनजना शिक्षकलाई निष्काशन गरेको भन्दै विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय बन्दबाहेकका कार्यक्रम ल्याउन आग्रह गरिएकोे भए पनि आन्दोलनकारीले तयसको सुनुवाइ नगरेको बताए ।

सरकारले २०६८ साल जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको भएपनि विद्यालयहरू विभिन्न समूहको विरोध र बन्दको निसाना बन्दै आएका छन् । ललितपुरका जिल्ला शिक्षा अधिकारी मनकाजी श्रेष्ठले पटक-पटक सुशील केडिया विद्यालयमा सो सङ्गठनका प्रतिनिधिहरुसँग वार्ता गरेको भएपनि सफल हुन नसकेको बताए ।

 

कमेन्टहरु
Loading...