दिगो शान्तिमा जोड

पोखरा, २ चैत्र /राष्ट्रसेवक कर्मचारीहरुले गर्ने कुनै निर्णयले द्धन्द्ध व्यवस्थापन र शान्ति प्रर्वद्धन गर्छ भने विवेक नपुगोको निर्णयले द्धन्द्धलाई नै निम्त्याउने भएकाले जिम्मेवार रहेर निर्णय गर्नु पर्ने पोखरामा आज आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
शान्ति तथा पूनर निर्माण मन्त्रालयद्धारा आयोजित द्धन्द्ध रुपान्तरण, स्थानीय स्तरका लागि शान्ति प्रर्वद्धन सम्बन्धी अभिमुखी कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै मन्त्रालयका सह–सचिव शंखर प्रसाद खरेलले शान्तिको प्रर्वद्धनले नै दिगो विकासमा टेवा पु¥याउने बताउनु भयो । उहाँले दीर्घकालिन लक्ष्य हासिल गर्ने किसिमका योजनाको छनौट गर्नु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै उप–सचिव जानुका सुवेदीले जनताको सेवा प्रवाह र वितरण प्रणालीलाई नै समुचित एवम् पारदर्शी रुपमा अगाडि बढाएमा समाज नै शान्ति मैत्री हुने बताउनु भयो । कार्यक्रमका अध्यक्ष एवम् स्थानीय शान्ति समिति कास्की अध्यक्ष रामजी बरालले निर्वाह र परपम्परावारी विकासको सोचबाट माथि उठ्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाल प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष एवम् नेपाल टेलिभिजनका प्रतिनिधि रमेश पौडेलले शान्ति र विकासको प्रर्वद्धनको लागि आमसञ्चारलाई सँगै लानु पर्नेमा जोड दिनु भयो ।

शान्ति संमवेदनशील विकासका अवधारणाहरु र कार्यक्रमहरु आन्तरिकिकरण गरी कार्यन्यन योग्य बनाउने र स्थानीय तवरबाट सुझाव संकलन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । तीन दिनसम्म चलेको सो कार्यक्रममा प्रत्येक दिन ७० जनाका दरले विभिन्न समुहका व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा १० जिल्लाका शान्ति समितिका संयोजकहरु, राजनैतिक दलका नेताहरु, उद्योग वाणिज्य संघ, नागरिक समाज र अधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...