पोखराको शान्ति स्तुपा र मुस्ताङको मुक्तिनाथ मन्दिर अनिश्चितकालका लागि बन्द

पोखरा, १० चैत / पोखराको विश्व शान्ति स्तुपा र मुस्ताङको मुक्तिनाथ मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ ।

दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध विश्व शान्ति स्तुपा र मुक्तिनाथ मन्दिर आइतबार देखी अनिश्चितकालका लागि बन्द गरिएको हो ।

विश्वभरका दर्शनार्थी तथा पर्यटक भित्रने शान्ति स्तुपा र मुक्तिनाथ मन्दिर कोरोना भाइरका कारण बन्द गरेको जनाएका छन् ।

अर्को व्यवस्था नभए सम्म सर्वसाधारणका लागि बन्द गरिएको विश्व शान्ति स्तूप समितिका उपाध्यक्ष उत्तममा बुद्धाचार्यले विज्ञप्ती जारी गरि जानकारी दिएका छन् । साँझ–बिहान गरिने पूजाआजा नियमित हुनेछ ।

मुक्तिनाथ मन्दिर बन्द गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी एवं मुक्तिनाथ विकास समितिका अध्यक्ष बेदप्रसाद अर्यालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...