जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि सेनिटाइजर टनेल

पोखरा, ९ वैशाख/ पोखरा महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कास्कीमा स्वचालित सेनिटाइजर टनेल जडान गरी हस्तान्तरण गरेको छ ।

कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइजर टनेल निर्माण गरी महानगरले कास्की प्रहरीलाई हस्तान्तरण गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीलाई टनेल मंगलबार हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख जिसीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि अंग्रपक्तिमा खटिने प्रहरीलाई सुरक्षित बनाउन र उनीहरुको मनोबल उच्च बनाउन टनेलले सहयोग पु¥याउने बताए ।

कोरोनाको महामारी लम्बिन सक्ने भएकाले प्रविधिबाट यसलाई नियन्त्रण गर्नपर्ने बताए । उनले भीडभाड हुने सरकारी कार्यालयहरु, अस्पतालहरु, डिपार्टमेन्ट स्टोर्समा पनि टनेल जडान गर्नुपर्ने बताए । कोरोनाको थोकथामलाई दीर्घकालीन योजना बनाएर जानुपर्ने सोच महानगरले बनाएको जिसीले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले कार्यालय परिसरमा बनाइदिएको सेनिटाइजर टनेलले कोरोना रोकथामका सहयोग पुग्ने भन्दै पोखरा महानगर पालिकालाई धन्वयाद दिए । उनले टनेलले प्रहरी कर्मचारीसहित जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सुरक्षित बनाउने बताउँदै प्रहरी कर्मचारीको सुरक्षामा पोखरा महानगरपालिका गम्भीरतापूर्वक लागेको महसुस गरेको उनले बताए ।

नेपाल इन्जिनियर एसोसिएसन गण्डकीका अध्यक्ष बाबुराम भण्डारीले एसोसिएसन र पोखरा महानगरका इन्जिनियरले बनाएको यो टनेल अपांग मैत्री भएको बताए । उनले पोखरा महानगर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको टनेल भन्दा अझ एड्भान्स भएको बताए ।

स्वचालित सेनिटाइजर टनेलले ५ सेकेन्डमा होलबडीलाई सेनिटाइज गरिसक्ने पोखरा महानगरका इन्जिनियर शुलभ तिमिल्सिनाले बताए । टनेललाई अपांग मैत्री बनाउन र दृष्टिविहीनहरुको लागि पनि उपयोगी हुने गरी निर्माण गरिएको इन्जिनियर विकल्प ढुंगानाले बताए ।

कमेन्टहरु
Loading...