सन्दीप लामिछाने १ करोड बढीमा जमैकामा अनुबन्ध

काठमाडौं, २२ असार / नेपाली किक्रेट स्टार लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल २०२० जमैका तल्लावाहजबाट खेल्न अनुबन्धीत भएका छन् ।

लामिछानेले लगातार तेस्रो पटक सीपीएलका लागि अनुबन्धित भएका हुन् । उनले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार अमेरिकी डलर राखेका थिए । छनोट भएपछि सन्दीपले अब नेपाली रुपैयाँ करिब १ करोड ८ लाख पार्नेछन् ।

सन्दीपले विदेशी लिगमा छनोट हुँदा पाउने दोस्रो धेरै रकम हो । आगामी अगष्ट सेप्टेम्बरमा हुने सीपीएल २०२० मा खेल्ने सन्दीपको टिममा वेष्ट इन्डिजका चर्चित खेलाडीहरु रहेका छन् ।

जसमा रेसलसंगै कार्लोस् ब्रेथवेइट, चाडविक वाल्टन, ओसाने थोमस, पाकिस्तानका आसिफ अली, फिडेल एडवार्ड्स लगायत छन् ।

सीपीएलमा जमैकासंगै बार्बाडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाहज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कमेन्टहरु
Loading...