अरुलाई दशै लाग्यो, समाजवादीलाई चुनाव, को को छन् उम्मेदवार

पोखरा, १६ असोज/ दशैको रमझम शुरु भईरहदा समाजवादी पार्टीले चुनावी माहौल शुरु गरेको छ। कास्की क्षेत्र नं. २ बाट निर्वाचित भई पर्यटन, नागरिक उड्डयन तथा सँस्कृति मन्त्री बन्नुभएका रबिन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा निधनले कास्की क्षेत्र नं. २ मा आउदो मंसिरको १४ गते प्रतिनीधिसभाको उपनिर्वाचन हुने भएकाले बैकल्पिक राजनीतिक शक्ति दावी गरेको समाजवादी पार्टीले उम्मेदवारका बारे छलफल शुरु गरेको हो।

समाजवादी पार्टी कास्की र पोखरा महानगर समितिको आयोजनामा उपनिर्वाचनका लागि उम्मेदवारका बारेमा छलफल तथा आउदै गरेको दशै, तिहार, नेपाल सम्बत, छठ र ल्होछार समेतको शुभकामना आदान प्रदान एवम चियापान कार्यक्रममा उम्मेदवारका लागि २६ जनाको नाम प्रस्ताव भएको छ। महानगर, जिल्ला, प्रदेश, तमुवान राष्ट्रिय समिति, केन्द्रीय समितिका नेताहरुको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुले नै उक्त नामहरु प्रस्ताव गरेको समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङले बताउनुभयो।

अध्यक्ष गुरुङका अनुसार उपनिर्वाचनमा गणेशमान गुरुङ, डिवी नेपाली, देवीप्रसाद सुवेदी, धनप्रसाद तामाङ, सुन्दर गुरुङ, हेमबहादुर थापा, देविराज गुरुङ, हुमबहादुर गुरुङ, रामबहादुर नेपाली, पानबहादुर घर्ती, दिपक तामाङ, गिरीप्रसाद गुरुङ, टिकाराम पौडेल, धर्मराज गुरुङ, श्रीधर पौडेल, हरी बस्ताकोटी, पार्वती जिसी, श्याममाया पुन, लक्ष्मी खाती, ज्ञानु आचार्य, मृगसिंह गुरुङ, किसन विश्वकर्मा, शम्भु खाती, मधुकर न्यौपाने, कुलबहादुर भुजेल, राजु क्षेत्रीको नाम प्रस्ताव आएको छ।

तर पनि समाजवादी पार्टीले सम्बन्धित क्षेत्र कै नेताहरुलाई उम्मेदवारीमा प्राथमिकता दिइने, टुरिष्ट उम्मेदवार नबनाउने प्रदेश इञ्चार्ज गणेशमान गुरुङले बताउनुभयो। पुराना पार्टीहरुका असफल भए मुलुकलाई निकास, विकास र समृद्धिका लागि बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको समाजवादी पार्टीले कास्की २ नं. मै कार्यथलो र जनतासँग घुलमिल भएको नेताहरु नै समाजवादीले उम्मेदवार बनाउने बताउनुभयो।

कास्की २ नं. मै मतदाता रहेका नेताहरु धनप्रसाद तामाङ, सुन्दर गुरुङ, हेमबहादुर थापा, रामबहादुर नेपाली, पानबहादुर घर्ती, लक्ष्मी खाती, मृगसिंह गुरुङ, किसन विश्वकर्मा, शम्भु खाती, गिरीप्रसाद गुरुङ, टिकाराम पौडेल, धर्मराज गुरुङ, श्रीधर पौडेल, राजु क्षेत्री मध्येबाटै टिकट पाउने प्राथमिकतामा रहने भएकाछन्।

उपनिर्वाचनको लागि उम्मेदवारका लागि नाम प्रस्ताव भएका नेताहरु बिच छलफल गरी छिट्टै नै कास्की जिल्लाले उपल्लो समितिलाई तीन देखि पाँच जना नेताहरुको नाम सिफारिस गरिने कास्की अध्यक्ष गिरीप्रसाद गुरुङले बताउनुभयो।

कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङको अध्यक्षता र पोखरा महानगर समितिका अध्यक्ष टिकाराम पौडेलले संचालन गर्नुभएको कार्यक्रममा नेताहरु प्रदेश इञ्चार्ज गणेशमान गुरुङ, सहइञ्चार्ज धनप्रसाद तामाङ, प्रदेश अध्यक्ष मोती रिजाल, उपाध्यक्ष दिपक तामाङ, हुमबहादुर गुरुङ, दिपक पाण्डे, गोविन्द पाण्डे, लक्ष्मी खाती, पार्वती जिसी, खड्ग गुरुङ, सुनिल पौडेल, दामोदार त्रिपाठी, काशीमाया गुरुङ, रनबहादुर विश्वकर्मा, राजु अधिकारी, धर्मराज गुरुङ, हर्कबहादुर गुरुङ, ज्ञानु आचार्य, श्रीधर पौडेल, मिनबहादुर गुरुङ, विकल पौडेल, राजकुमार गुरुङ, इश्वर गुरुङ, हरि बस्ताकोटी, मधुकर न्यौपाने, प्रेम लामा ह्योल्मो, रमेश सिके, कर्ण गुरुङ लगायतले निर्वाचनको तयारी, उम्मेदवारको छनौट र समाजवादीको उम्मेदवारलाई विजयी गराउन अप्नाउनुपर्ने विविध विषयमा विचार व्यक्त गर्नुभएको महानगर अध्यक्ष टिकाराम पौडेलले जानकारी दिनुभयो।

कमेन्टहरु
Loading...