सेलवेज ग्रुपले कोरोना राहत कोषमा २५ लाख रुपैयाँ सहयोग

पोखरा, १८ चैत / पोखराको व्यवसायी ग्रुप सेलवेज ग्रुपले कोरोना रोकथाम कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रकम सहयोग गरेको हो । सेल्सबेरी ब्राण्डबाट सुपर मार्केट सञ्चालन गरिरहेको

कम्पनीले विगत २९ वर्ष देखि पोखराका विभिन्न ठाउँ र काठमाडौंमा सुपर मार्केट सञ्चालन गर्दै आएको छ । लकडाउनको बेलामा पनि घर घरमा अत्यावश्यक सामान सुरक्षित तरिकाले आपूर्ति गर्दै आएको जनाएको छ ।

कमेन्टहरु
Loading...