चेन्जीङ रुम निमाणर्थ २ लाख ५० हजार सहयोग

पोखरा, ४ फागुन /पोखरा १६ लामाचौर स्थायी घर भइ हङकङमा कार्यरत समाजसेवी तथा कानुनब्यवसायी देब गुरुङले सहारा एकेडेमीको खेलमैदानमा निमार्ण गरीने चेन्जीङ रुम निमाणर्थ २ लाख ५० हजार सहयोग गरेका छन् ।
एकेडेमी रहेको ठाँउ दोबिल्लामा सहारा क्लबद्धारा आयोजीत स्वागत तथा सम्मान कार्यक्रमा गुरुङले सहयोगको घोषणा गरेका हुन् । कार्यक्रममा मन्तब्य राख्दै उहाले सहारा क्लबको एकेडेमी मै पुगेर दोस्रो पटक पनि हेर्न पाउदा आफुलाई गर्व र सन्तुष्टी मिलेको वताए । काार्यक्रममा सल्लाकार समितिकम सभापती विक्रम थकाली ,उपाध्यक्ष सुरज गुरुङ ,सदस्य नवराज अधिकारी लगायतको उपश्थिती थियो ।

हङकङमा स्थापित नेपाली वरिष्ठ लोक तथा दोहरी गायक गुरुङ नेपाली चलचीत्रका निर्माता समेत हुनुहुन्छ ।उहाले यस अघिपनी पटक पटक सहयोग गदै आउनु भएको छ । सोही अवसरमा समासेवी गुरुङकी धर्मपत्नि मीना गुरुङले एकेडेमीका बालकहरु लाई खाना खुवाउनु सहयोग स्वरुप रु ५ हजार हस्तान्तरण गनू भयो ।

कमेन्टहरु
Loading...