रुपन्देहीमा गोलि हानी हत्या

२१ पुस ,

रुपन्देहीको देवदह नगरपालिका ढेका भन्ने स्थानमा गोली चल्दा एकको मृत्यु भएको छ । स्थानीय बलु भनिने बसन्त पौडेलको टाउकोमा गोली लाग्दा उनको मृत्यु भएको छ।

गोलीबाट घाइते पौडेललाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो । गोली हान्ने ब्यक्तिहरु मोटरसाइकलमा आएको र रोहिनी खोलातिर भागेको बताइएको छ ।

घाइते पौडेल स्थानीय काठ व्यवसायी हुन् । उनी करीव १ वर्षअघि २०७३ पुस ४ गते गोली हानी मारिएका युवासंघका तत्कालीन जिल्ला अध्यक्ष दुर्गा तिवारीका पार्टनर हुन् । दुर्गा तिवारीलाई गोली हानिएको स्थाननजिकै पौडेललाई पनि गोली हानिएको छ ।

गोली हान्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...