विश्वकपको रोनाल्डोको पहिलो ह्याट्रिक संगै स्पेन अंक बाढ्न बाध्य

२०१८ फिफा विश्वकपको समूह ‘बी’ को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्। रोमाञ्चक खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। स्पेनका डिएगो कोस्टाले २ गोल गर्दा नाचोले १ गोल गर्न सफल भए।

क्रिस्टियानो रोनाल्डोले चौथो मिनेटमा गोल गरेर पोर्चुगललाई अग्रता दिलाए। स्पेनका डिफेन्डर नाचोले पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरे।

तर पहिलो हाफ सकिन एक मिनेट बाँकी छदा रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-१ ले अघि बढाए। रोनाल्डोले डिबक्स नजिकबाट हानेको प्रहार स्पेनका गोलकिपर डे गियाको हातबाट फुक्केर जाली चुमेको थियो।
२- १ ले अगाडी रहेनी स्पेनले लगातार गोल गर्दै खेललाई ३-२ मा ल्याए ।

तर खेलको खेल सकिन २ मिनेट बाँकी छदा रोनाल्डोले ह्याट्रिक मात्र गरेनन् बराबरी गोल समेत फर्काए। रोनाल्डोले डिबक्स बाहिरबाट हानेको फ्रिकिङले सिधै गोलपोस्टको दिशा लिदा खेल ३-३ को बराबरीमा पुगेको थियो।

पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक संगै स्पेन र पोर्चुगल बिचको खेल बराबरीमा सकिएको छ । रोनाल्डोले चौथो, ४४औँ र ८८औँ मिनेटमा गोल गरेका हुन्। त्यसैगरि स्पेनका लागि डिएगो कोस्टाले दुई र निकोले एक गोल गरेका थिए

कमेन्टहरु
Loading...