सुचना शक्तिशालि औजार –आयुक्त तिम्सिना

पोखरा, ७ मंसिर / राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिम्सिनाले नागरीक सचेत भएर सुचना माग्ने संस्कार विकास हुन सके भ्रष्टचारा न्युनिकरण हुने बताउनु भएको छ ।

महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले सदस्यहरु लागि आयोजना गरेको एक दिने लसुचनाको हक सम्बन्धि अभिमुखिकरण तालिममा आयुक्त तिम्सिनाले सूचना शक्तिशालि औजार भएकाले यसको सहि प्रयोगले भ्रष्टाचार न्युकिकरण हुने बताउन भयो ।

उहाँले सुचनाको शक्ति महत्वपूर्ण औजार भएकोले नागरिकले यस औजारको प्रयोग गरेर सरकार र कर्मचारीलाई जवाफदेहि बनाउन भूमिका खेल्नुपर्ने बताउनु भयो ।

नेपालको संंविधानको धारा २७ मा सूचनाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको भन्दै आफ्नो अधिकारको प्रयोग गर्न नागरिक चनाखो हुनुपर्नेमा जोड दिनु भयो । कानुनमा प्रत्येक नागरिकलाई आफ्ना वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्न पाउने अधिकार रहेको उल्लेख गर्नुभयो ।

आयुक्त तिम्सिनाले सरकारलाई उत्तरदायी, पारदर्शी बनाउन पनि हरेक नागरिकले सुचना खोज्न आग्रह गर्नुभयो । कार्यक्रमा मञ्चका अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रका महिलाको चौतर्फि विकासकालागि सुचनाको हकले पनि जागरुक हुन सहयोग पुर्याएको विश्वास व्यक्त गर्नु भयो । अब आफुले स्थानिय सरकारको कामकार्वाहीको बारेमा सुचना लिन अग्रसर हुने बताउनु भयो ।

कार्यक्रममा सहभागि शर्मिला न्यौपााने सरकारलाई पारदर्शी र जिम्मेवार बनाउन सबैभन्दा पहिले नागरिकले सुचनाको हक बुझेर प्रश्न गर्न सक्ने क्षमताको विकास आवश्यक रहने धारणा राख्नुभयो ।

सो कार्यक्रममा सञ्चारिका समुह गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष जमुना वर्षा शर्मा, मञ्चका सल्लाहकार सारा बोगटी, उपाध्यक्ष पार्वती पाण्डेले सुचनाको हकको महत्वको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । अभिमुखिकरणमा मञ्चका ४० जना सदस्यहरुको सहभागिता रहेको सह–सचिव ममता न्यौपानेले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...