रेडक्रसद्धारा निःशुल्क चुल्हो बितरण

पोखरा, १७ जेठ /युनीका फउन्डेसन नेदरल्याण्डको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी कास्कीको आयोजनामा कास्की जिल्लाको मादि गाँउ पालीका ८ स्थित रबैडाँडामा १३७ घरधुरीलाई मंगलबार निःशुल्क सुधारीएको फलामे चुल्हो बितरण गरीएको छ ।

१३७ घरधुरीका उपभोक्ताहरुको उपस्थितिमा सम्पन्न उक्त चुल्हो हस्तान्तरण सभाकोे उद्घाटन नेपाल रेडक्रस सोसाईटी कास्कीका कार्यसमितिका सदस्य एवं जुनियर युवा समितिका संयोजक बिष्णुप्रसाद भण्डारी र मादी गाँउपालिकाका उपप्रमुख बिष्णु पौडेल आचार्यले उपभोक्तालाई संयुक्त रुपमाचुल्हो हस्तान्तरण गरी गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाँउपालिका उपप्रमुख बिष्णु पौडेलले कास्की रेडक्रसले मानबिय कामका साथै बिकासका कार्यमा अग्रणी भुमिका निर्वाह गर्दै आएकाले आगामी दिनमा पनि सहकार्य गर्न गाँउपालिका तयार रहेको बताउनु भयो । बिशिष्ठ अतिथि रेडक्रस कास्कीका कार्यसमिति सदस्य बिष्णुप्रसाद भण्डारीले दाउरा मार्फत बल्ने चुल्होलो गृहणीहरुको जिबन स्तरमा सुधार ल्याई धुवाको कारणले फोक्सोमा हुने खराबिलाई निर्मुल पार्न र दिगो बिकासका लागि बिश्व समुदायसँगै नेपाल सरकारले गरेको प्रतिबद्धता कार्यन्वयनमा सुधारीएको चुल्हो उपयोगी हुने बताउनुभयो ।

एका तर्फ वर्षेनी हजारौ टन दाउराहरु उपयोगबिना नै कुहिएर जाने अर्को तर्फ बिकल्पमान बिकरण गर्न नसकिने उर्जाका रुपमा बढ्दो प्रयोग हुदै आएको ग्याँसको प्रयोग लाई न्युनीकरण गरी ग्रमिण समुदायको आर्थीक स्तरसमेत सुधार ल्याई दिगो बिकासमा टेवापुग्ने बताउनु भयो ।

खानेपानी, सरसफाई तथाचुल्हो ब्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर तामाéको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेडक्रस कास्कीशाखाका सुधारीएको चुल्होकाफोकल पर्सन सञ्जय पौडेलले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...