विश्व रेडक्रस दिवस आज मनाइदै

पोखरा, २६ वैशाख/विश्व रेडक्रस दिवस आइतवार (आज) नेपालमा पनि मनाइदै छ । दिवसकै अवसरमा पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
प्रत्येक वर्ष मे ८ का दिन विश्व रेडक्रस दिवस मनाउने गरिन्छ । इटालीको सल्फेरिनोमा भएको युद्धको विभत्स दृश्यबाट प्रभावित भई जाँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रसको जन्म भएको हो । सोहि दिनको सम्झनामा विश्वका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुले विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

वि.स. २०२२ सालमा स्थापना भएको कास्की शाखाले विश्व रेडक्रस अभियाानकोको प्रचार प्रसार, अन्तराष्ट्रिय कानुनको प्रवद्धनका साथै प्रकोप नियन्त्रण, न्यूनिकरण, उद्धार वातावरण संरक्षण, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । दिवसकै अवसरमा कास्कीका विभिन्न जुनियर रेडक्रस सर्कलले ब्याज वितरण गर्ने कार्यक्रम रहेको शाखाका उपसभापति दण्डराज शर्माले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...