राष्ट्रिय मुक्तक पुरस्कार रत्नशमसेर थापालाई

पोखरा/ मुक्तक मञ्च पोखराद्वारा सञ्चालित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०७२’ बाट अग्रज साहित्यकार तथा मुक्तककार रत्नशमसेर थापालाई पुरस्कृत गरिने भएको छ । चैत २७ गते शनिबार पोखरामा आयोजिक एक कार्यक्रमका बीच थापालाई पुरस्कृत गरिने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय मुक्तक पुरस्कार रत्नशमसेर थापालाई
राष्ट्रिय मुक्तक पुरस्कार रत्नशमसेर थापालाई

साहित्यकार तीर्थ श्रेष्ठको संयोजकत्वमा दीपक समीप, अल्पविराम, रुपिन्द्र प्रभावी ‘कटु’ सदस्य र संस्थाका अध्यक्ष सरला लामिछाने ‘सरु’ सदस्य सचिव रहेको प्रतिभा छनौट समितिले थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । नेपाली मुक्तकको विकासमा महत्वपूर्ण योगदान पु¥याएकाले थापालाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिभा छनौट समितिका संयोजक श्रेष्ठले बताए ।

११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मानपत्र र दोशल्लाबाट थापालाई पुस्कृत गर्ने कार्यक्रम छ । सोही अवसरमा थापाको एकल वाचन कार्यक्रम पनि हुने अध्यक्ष सरुले जानकारी दिइन् । मञ्चले हरेक २÷२ वर्षमा पुरस्कार वितरण गर्दै आइरहेको संस्थाका पूर्व अध्यक्ष कृष्ण देबकोटाले जानकारी दिए ।

साहित्यकार विष्णुकुमार श्रेष्ठ ‘अल्पविराम’द्वारा स्थापित उक्त पुरस्कार यस भन्दा अगाडि स्व. कृष्णप्रसाद पराजुलीलाई अर्पण गरिएको थियो । मञ्चले नियमति रुपमा मुक्तक वाचन, पुस्तक प्रकाशन, अन्तरक्रिया लगायतका कार्यक्रम गर्दै आइरहेको उनले बताए ।

कमेन्टहरु
Loading...