रन्जन विष्ट चम्किदा एपिएफ पाँचौ पोखरा कपका अन्तिम चारमा

पोखरा ४ बैशाख /रन्जन विष्टको दुई गोल मदतले एपिएफ पाँचौ पोखरा कपको अन्तिम चारमा प्रबेश गरेको छ । डिफेन्डीङ च्याम्पियन समेत रहेको नेपाल पुलिस क्लबलाई २—० हराउदै एपिएफ क्लब सेमिफाईनल प्रवेश गरेको हो ।
एपिएफको जितमा रञ्जन विष्ट नायक बने । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा विष्टले एपिएफको लागि दुई गोल गरे । खेलको ५९ औं मिनेटमा अग्रता दिएका उनले तीन मिनेटपछि पुन अर्को गोल गर्दै जित सुनिश्चित गरे ।

म्यान अफदि म्याच समेत बनेका विष्टले दोस्रो गोल खेलको ६२ औ मिनेटमा गरेका थिए । एपिएफले फाईनल प्रवेशको लागि बैशाख ८ गते मनाङमस्र्याङदी र झापा ११ विच आइतबार हुने खेलको विजेतासँग प्रतिश्पर्धा गर्नेछ ।

कमेन्टहरु
Loading...