करणद्वारा मतदातालाई धन्यवाद ज्ञापन

पोखरा, २६ मंसीर/कास्की २ को प्रदेश क्षेत्र नम्बर २ बाट पराजित उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

नेकपा माओवादीका पोलिट्ब्यूरो सदस्य तथा कास्की ईञ्चार्जसमेत रहेका करणले आइतबार प्रेस विज्ञप्ती निकाल्दै सम्पूर्ण मतदाता, शुभेच्छुक तथा निर्वाचन परिचालन कमिटीका सदस्यहरु, बाम गठबन्धनका नेता÷कार्यकर्तालगायत निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।

करणले हारलाई सहजरुपमा लिएको र यसबाट आफू कत्तिपनि बिचलित नभएको जनाउँदै बरु यसबाट थप जिम्मेबारी महशुष गर्दै जनताको सुखदुःखमा सदैव साथ रहने प्रतिबद्धता जनाएका छन् । उनले चुनाव अगाडि जनता समक्ष गरेका बाचा नभुलेको र त्यो पूरा गर्न संसद बाहिरबाटै लागिरहने प्रण गरेका छन् ।

करणले कास्की २ को प्रदेश क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेश सभा सदस्य बिन्दुकुमार थापालाई बधाई ज्ञापन गर्दै उनको कार्यकाल सफल बनाउन सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...