युवासंघ अध्यक्ष पहारीद्वारा प्रधानमन्त्रीको राजिनामा माग

काठमाडौ, ३ असोज/युवासंघ नेपालका अध्यक्ष राजिब पहारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को राजिनामा माग गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको भारत भ्रमणमा सार्वजनिक गरिएका बुँदाहरु राट्रघाती भएको बताएका हुन् ।

पहारीले भारतमा गएर नेपाली जनताको स्वाभिमान गिराउने किसिमको प्रधानमन्त्रीले गरेको सम्झौता गलत रहेको पनि बताएका छन् । उनले सुरक्षा परिषद्मा भारतलाई सहयोग गर्ने भनी नेपालको आन्तरिक मामिलामा जबर्जस्ती भारतलाई खेल्न दिने काम प्रचण्डबाट भएको आरोप लगाएका छन् ।

हुलाकी राजमार्ग भारतलाई सुम्पने राष्ट्रघाती सम्झौता गरेकोमा पनि पहारीले आपत्ति प्रकट गरेका छन् । गृहमन्त्रीले टीकापुर घटना लगायतमा आम माफी दिने अभिव्यक्ति दिएकोमा तात्काल फिर्ता नलिए कडा संघर्ष गर्ने र विधिको शासनलाई लत्याएर गुण्डाराज मच्चाउन नदिने उनले बताए ।

माओवादी लडाकु शिविरमा भएको अनियमितताको सन्दर्भमा निष्पक्ष जानकारीसहित छानबिनको उनले माग गरेका छन् ।

कमेन्टहरु
Loading...