बहुमतिय सरकारको प्रधानमन्त्री बन्न हतारो छैन ंः दाहाल

सागर राज तिमिल्सिना
पोखरा, २४ जेठ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकोमल दाहालले आफु बहुमतिय सरकारको प्रधानमन्त्री हुने हतारो नभ बताएका छन् । ‘अहिले राष्ट्रिय सरकारको आवश्यकता छ,’ अध्यक्ष दाहालले भने ‘सबै पार्टि मिलेर सहमतिको सरकार बनाउनु नै पहिलो प्राथमिकता हो ।’ प्रेस सेन्टर कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संसदबाट बजेट पारित भएलगत्तै राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुबीच तिव्र छलफल हुने बताए । उनले कुनै बहुमतिय सरकारको प्रधानमन्त्री बन्न हतारो र इच्छा नभएको बताए ।

अध्यक्ष दाहालले कसै पनि राष्ट्रिय सहमति नभएमा भने आफू नेतृत्वका लागि बढ्ने संकेत गरेका छन् । तर, आफूले सहमति बाहेकको अवस्थामा सरकारको नेतृत्व नलिने भने भन्न छुटाएनन् । उनले नेकपा एमाले र तत्कालिन एकीकृत नेकपा माओवादीका बीच भएको भनिएको भद्र सहमतिका विषयमा बढ्ता चर्चा गर्न जरुरी नरहेको बताए । सरकार परिवर्तनका विषयमा भएको भनिएको भद्र सहमतिका विषयमा सत्ता साझेदार दलका नेतहरुका बीचमा वाक युद्ध चलिरहेका बेला उनले भद्र सहमति भद्र नै हुने विश्वास व्यक्त गरे ।

बहुमतिय सरकारको प्रधानमन्त्री बन्न हतारो छैन ंः दाहाल
बहुमतिय सरकारको प्रधानमन्त्री बन्न हतारो छैन ंः दाहाल

उनले विगतमा मूख्य दलहरुका बीचमा १६ बुँदे सहमति हुँदा पनि भद्र सहमति भएको चर्चा गर्दै भद्र सहमति कार्यन्वयन नभए अभद्र हुने उल्लेख गरे । भूकम्प गए पस्चात नै अफ्नो पार्टीले राष्ट्रिय सहमतिको वकालत गरेको र सहमति भएर पनि बीचमा परिस्थिति बदलिएको उनको प्रष्टोक्ति थियो । ‘हिजो १६ बुँदे सहमति हुँदा पनि भद्र सहमति भएका हुन्, ति सहमति कार्यन्वयन नहुँदा अभद्र बने,’ उनले भने, ‘पुननिर्माण, संविधानको कार्यन्वयन र मधेसवादी दल लगाएतका असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन अहिले पनि राष्ट्रिय सहमतिको आवश्यकता छ ।’

पार्टी एकिकरणका बारेमा उनले भने ‘हामी फूट्दा पनि सानदार तरिकाले १०÷१२ टुक्रा भयौं र जुट्दा पनि सानदार ढंगले १० पार्टी मिलेका छौं ।’ पार्टि प्रशिक्षणका लागि अध्यक्ष दाहाल सहित माओवादी केन्द्रका नेताहरु पोखरा आएका छन् ।

कमेन्टहरु
Loading...